• २०८१ बैशाख ८ शनिबार

सरकारले नेपाली क्रिकेट टिमका सदस्यहरुलाई जनही ३-३ लाख पुरस्कार दिने

kharibot

काठमाडौँ । सरकारले विश्वकप क्वालिफायरमा छनौट भएको नेपाली क्रिकेट टिमका सदस्यहरुलाई जनही ३-३ लाख रकम पुरस्कार स्वरूप दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार युएईलाई पराजित गर्दै विश्वकप क्वालिफायरमा पुगेको नेपाली टिमलाई ३-३ लाख रकम पुरस्कार दिने घोषणा गरेका हुन् ।

नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत शिर्ष तीनमा रहेर विश्वकप क्वालिफायरमा छनौट भएको हो ।

नेपालले आफ्ना पछिल्ला १२ मध्ये ११ खेल जितेर यो सफलता हासिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै