• २०८१ बैशाख ८ शनिबार

बाहिरी चक्रपथका लागि जग्गा एकीकरण प्राधिकरणलाई अनुमति 

kharibot

काठमाडौँ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण गर्ने सतुङ्गल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा एकीकरण योजना सञ्चालन गर्न अनुमति दिएको छ ।

सरकारका प्रवक्ता सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । 

१२ मन्त्रालयका छ विभाग खारेज 

सरकारले संघमा रहने मन्त्रालयको विभाग र कर्मचारी दरबन्दी घटाउने सन्दर्भमा हालसम्म १२ वटा मन्त्रालय मातहातका ४० विभाग रहेकामा त्यसलाई घटाएर ३४ कायम गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए । 

यसरी विभागको संख्या घट्दा २६ दशमलव ७६ प्रतिशत अर्थात ९४६ कर्मचारीको दरबन्दी कटौती हुने छ । अरु २१ वटा विभागको बारेमा छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको उनले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै