• २०८१ बैशाख ८ शनिबार

भेरी नदीमा कछुवा गतिमा बन्दै पुल, कहिले सकिन्छ ?

kharibot

जाजजरकोट । क्याराभान कन्स्ट्रक्सनले काम नै शुरु नगरी दुई वर्षदेखि त्रिवेणीमा अलपत्र परेको पक्की पुलले अझैँ गति लिन सकेको छैन । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेले भेरी करिडोर अन्तर्गत भेरी नदीमा पुल निर्माण गर्न  क्याराभान कन्स्ट्रक्सनलाई टेण्डरमार्फत कामको जिम्मा दिएको थियो । 

डोल्पा जाजरकोट र रुकुम पश्चिमको बीचमा रहेको त्रिबेणीमा २०७७ मा निर्माणकार्य शुरु गर्नेगरी क्याराभानले कामको जिम्मा पाएको थियो । क्याराभान कन्स्ट्रक्सनले साढे दुई वर्षसम्म पनि निर्माणको काम सुरु नै नगरी पछि आएर स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई पुल निर्माणको ठेक्का बिक्री गरेको थियो । ठेक्का खरिद गरेपनि निर्माण कार्य थप अलपत्र परेको छ ।

पन्ध्र करोड रुपियाँमा पुल निर्माण गर्ने भन्दै जगदुल्ला हाइड्रोपावर कम्पनीले साढे दुई वर्ष अघि ठेक्का खोलेको थियो । क्याराभान कन्स्ट्रक्सनवाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्स्ट्रक्सनले अहिले आएर पुलको निर्माणकार्य शुरु गरे पनि पुलले भने खासै गति लिन सकेको छैन ।

कहिले बर्खा र कहिले जग्गा विवादका कारण देखाउँदै काममा ढिला गर्ने गरेका कारण निर्माण कार्यले गति लिन नसकेको हो । रेट्रो ट्रेक कन्स्ट्रक्सनको तर्फबाट योजना निर्माणस्थलमा खटिएका सबइन्जिनियर तथा साइट इन्चार्ज सुरेन्द्र रावल पुलको बेस बनाउने निर्माण सामग्री जम्मा गर्नुका साथै तटवन्ध निर्माणकार्य भइरहेको दावी गरेपनि निर्माणस्थलमा कोही पनि देखिदैनन् ।

पुलको निर्माणकार्य ढिलाइ हुँदा निर्माणाधीन १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यमा बाधा पुगेको छ । क्याराभान कन्ट्रक्सनका प्रोपराइटर चन्द्र थकालीले पुलको कामै नगरी पेश्कीबापत ७२ लाख रुपियाँ लिइसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै