• २०८१ बैशाख ६ बिहीबार

स्विडेनमा मोदी चढेपछि बलिवुडमा शाहरुखको लिमोजिन कारको चर्चा 

kharibot

मुम्बई । बलिवुडका किङ शाहरुख खानको एउटा गाडीको अहिले निकै चर्चा चलेको छ । 

खासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हाल स्विडेनको भ्रमणमा छन् । स्विडेनमा मोदीलाई एउटा विशेष कारको व्यवस्था गरियो । विशेष लिमोजिन कारमा मोदी चढेपछि बलिवुडमा शाहरुख खानसँग भएको सोहि कारको चर्चा एकाएक बढेको हो ।

मोदीले चढेको सय मिटर लामो सो कार कुनै ब्रान्ड या कम्पनीले बेच्नका लागि बनाएको कार भने होइन । यसलाई स्पेसल अर्डर अनुसार बनाइन्छ ।

बलिवुडमा शाहरुख खानसँग पनि सो कार रहेको छ । शाहरुखले सन २०१४ मा दुबईमा शाही परिवारको एक कार्यक्रममा जाँदा सो कारमा चढेर गएपछि उनले सो कारको अर्डर गरेका थिए । यो कारको इन्टेरियर आफ्नो आवश्यकता अनुसार बनाउन सकिन्छ । शाहरुखले सो कारलाई ‘रोयल स्टेट बाइ शाहरुख खान’ नाम दिएका छन् ।

बलिवुडमा २५ बर्ष देखि राज गरिरहेका शाहरुख बलिवुडका सबैभन्दा धनि कलाकार मानिन्छन् । हालै सार्वजनिक भएको उनको सम्पत्ति अनुसार उनीसँग करिब ४० अर्ब भारतीय रुपियाँ बराबरको सम्पत्ति रहेको छ । 

अमेरिकामा यो कारलाई ड्रिम कारको रुपमा लिइन्छ । दुनियाको सबैभन्दा लामो कार लिमोजिन कार अमेरिकामा रहेको छ । यस कारमा हेलिप्याड देखि स्विमिंग पुल, मिनी किचन, बेड, बाथरुम सबै रहेको छ । यसको खास कुरा यसलाई दुवैतिरबाट चलाउन सकिन्छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै