• २०८१ बैशाख ८ शनिबार

शाहिदको सिरिज फर्जीको सिक्वेल आउने

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहिद कपूरको हालै रिलिज भएको वेब सिरिज फर्जीको सिक्वेल आउने भएको छ ।

हाल अमेजन प्राइम भिडियोमा रिलिज भएको फर्जीलाइ दर्शकले अत्याधिक मन पराएका छन् । यस सिरिजमा अभिनेतासँग विजय सेतुपति पनि देखिएका थिए । शाहिद कपुरले फर्जी मार्फत ओटीटी डेब्यू गरेका हुन् । यो सिरिज राज र डीकेले निर्देशन गरेका हुन् । यो सिरिज उत्कृष्ट सिरिजको सूचीमा समेत परेको छ । अब पहिलो सिजनको सफलतापछि फर्जी-२ को पर्खाइमा रहेका फ्यानहरुलाइ खुशीको खबर आएको छ ।

अब निर्माताहरु ‘फर्जी’ को दोस्रो पार्ट ल्याउने तयारीमा छन् र यो खबरलाई शाहिद कपुर आफैले पुष्टि गरेका छन् ।

हालसालै शाहिद कपुर एक कार्यक्रममा उपस्थित थिए जहाँ उनले फर्जीको सिजन २ पुष्टि गरेका हुन् । यसबारेमा शाहिद कपुरले भने, ‘हो फर्जीको सिजन २ अवश्य आउने छ तर यसले समय लिन्छ । किनभने शो सकिएपछि यसको पोस्ट प्रोडक्सनमा एक वर्ष लाग्छ ।' शाहिदले यो सिक्वेल आउन केहि समय भने लाग्ने बताएका छन् । 

यस सिरिजमा शाहिद नक्कली नोट बनाउने कलाकारको भूमिकामा रहेका छन् । सिरिजमा नक्कली नोटको कारोबार कसरी हुन्छ भने देखाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै