• २०८१ बैशाख ७ शुक्रबार

तापक्रम बढेसँगै अस्ट्रेलियाको नदीका लाखौँ माछा मरे

kharibot

सिड्नी ।  अष्ट्रेलियाको न्यु साउथ वेल्सको दुर्गम भागमा रहेको मेनिन्डी शहर नजिकको डार्लिङ बाका नदीका लाखौँ माछा मरेका छन् । तापक्रम वृद्धिका कारण माछा मरेका न्यु साउथ वेल्सका अधिकारीहरूले बताएका छन् । 

स्थानीय बासिन्दाका अनुसार यति धेरै माछा यसअघि मरेका थिएनन् । अति ताप लहरका कारण माछा मरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा नदीमा पानीभन्दा मरेका माछा देखिन्छन् । पानीको सतह देखिदैन आँखाले भ्याएसम्मको दृश्यमा मरेका माछा मात्र छन् ।  

शुक्रबार बिहान स्थानीय बासिन्दाले लाखौँ मरेका माछा नदीमा देखेको बताएका छन् । तीन वर्षअघि पनि माछा मरेका थिए तर परिमाणात्मक रूपमा त्यो आजको जस्तो थिएन । मानव सिर्जित जलवायु परिवर्तनका कारण ताप लहर लगातार तीव्र  हुँदै गएकाले जलचर पनि त्यसको शिकार भएका उनीहरूको अनुमान छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै