ए डिभिजनका पाँचौ चरणका खेल सकिए, कस्तो भयो अंक तालिका ?
खरीबोट
२०७९ चैत ४ शनिबार
काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौं चरणका खेलहरु सम्पन्न भएका छन् ।
शनिबार पाँचौ चरणका अन्तिम खेल सम्पन्न भएसंगै अहिले नाक तालिकामा सातदोबाटो युथ क्लब १२ अंकसहित शिर्ष स्थानमा रहेको छ । सातदोबाटोले ५ खेलमा ४ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ ।
त्यस्तै जारी लिगमा मनाङ मर्स्याङ्दी क्लब र चर्च ब्वाइज मात्र अपराजित रहेका छन् । मनाङ ५ खेलमा ३ जित र २ बराबरीसहित ११ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने चर्च ब्वाइज युनाइटेड पनि ५ खेलमा ३ जित र २ बराबरीसहित ११ अंक हासिल गर्दै गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै लिगमा नेपाल पुलिस क्लबले सबैभन्दा बढी चार खेलमा हार बेहोरेको छ भने एनआरटी, फ्रेन्ड्स र खुमालटार क्लबले ३-३ खेलमा हार बेहोरेका छन् ।
अब लिग अन्तर्राष्ट्रिय ब्रेकका कारण रोकिएको छ भने अप्रिल ३ देखि पुन शुरु हुने एन्फाले जनाएको छ ।