• २०८१ बैशाख ८ शनिबार

उपाय बन्यो चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनलमा पहिलो उपभोगकर्ता 

kharibot

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास बोर्डले चोभार सख्ुखा बन्दरगाहको नवनिर्मित आन्तरिक टर्मिनलको पहिलो ग्राहक नेपालको अग्रणी लजिस्टिक कम्पनी उपाय भएको घोषणा गरेको छ । 

आन्तरिक टर्मिनलमा १५० ट्रक र कन्टेनर पार्किङ क्षमता, ५४ ×५४ वर्ग मिटरको गोदाम, ८० टनसम्म सवारी साधन तौल गर्ने सविु धा, लोड÷अनलोड शडे र चालक तथा कामदारका लागि शौचालयको व्यवस्था छ । यो नेपालको ढुवानी उद्योगलाई आध्ुनिकिकरण गर्न र थप प्रभावकारी र व्यवस्थित आपूर्ती श्रंखला सिर्जना गर्ने प्रयासमा एउटा महत्वपर्णू कोसेढुङ्गा हो । 

बोर्डका कार्यकारी निर्देशक आशिष गजरुेलका अनुसार उपायले आन्तरिक टर्मिनल प्रयोगका लागि बोर्डको एप्लिकेसनबाट उपलब्ध गराइएका सेवाहरू प्रयोग गरी टर्मिनलबाट आशिंक गोदाम सञ्चालन गर्नेछ । 

उपायले आफ्ना ग्राहकहरूको तर्फबाट सामानहरू ड्राई पोर्टमा भण्डारण गर्ने सुविधा प्रधान गर्नका साथै ग्राहकहरूले सिधै ड्राई पोर्टमा सम्पर्क गर्न पनि सक्छन। ।

ड्राई पोर्टले १०,००० वर्ग फुट सम्मको लोडिङ उपकरण र भण्डारण ठाउँ प्रदान गर्दछ, तर सामानहरूको लागि यातायात सेवाहरूको अभाव भएको हुनाले, उपायलेलेड्राई पोर्टका अन्य सबैग्राहकहरूलाई यातायात सेवाहरू प्रदान गर्ने सम्बन्धमा मख्ुय भमिूका खेल्न सक्छ र सख्ुखा बन्दरगाहका अन्य ग्राहकका लागि सामान ढुवानी गर्न सक्छ । 

चोभार ड्राई पोर्टको पहिलो ग्राहक बन्ने उपायको निर्णयले ढुवानी उद्योगलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारको पहललाई समर्थनर्थ गरेको छ । उपायको अन्तिम लक्ष्य निकट भविष्यमा आफ्नै गोदाम बनाउन रहेको भएपनि कम्पनीले हाल आफ्नो माग अनुसारको सेवामा प्रवर्द्धन गर्ने र सामान ढुवानी गर्न चाहने सख्ुखा बन्दरगाहका ग्राहकहरूलाई यातायात सेवा उपलब्ध गराउनमा केन्द्रित छ । 

चोभार सख्ुखा बन्दरगाहको आन्तरिक टर्मिनलर्मि नेपालको ढुवानी उद्योगको आधनिकीकरणको दिशामा एक महत्वपूर्ण कदम हो र उपाय यस रूपान्तरणको अग्रभागमा रहेकोमा गर्व गर्ने बोर्डले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै