• २०८१ बैशाख १३ बिहीबार

ओलीले संसद विघटनको विषय उठाएपछि गठबन्धन संकटमा पर्यो- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको चयनमा राष्ट्रिय सहमतिको प्रयास गर्दा एमाले र राप्रपाले सरकारमाथिको विश्वास फिर्ता लिएको बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपाले अस्थिरतातर्फ अग्रसर भएको आरोप लगाए । उनले तत्कालिन गठबन्धन बनाउदा विगतका विषय नउठाउने सहमति भएपनि आफुले त्यसको पालना गरेको तर अन्य पक्षले त्यो सहमति पालना नगरेको आरोप लगाए ।

प्रचण्डले संसद बैठकको पहिलो दिन नै यस अघि संसद विघटन गरेको विषयले प्रवेश पाएको बताउदै त्यो गलत कदमको संसदमा प्रवेशले गठबन्धन संकटमा परेको स्पष्ट गरेका छन् ।

उनले भने- 'विगतका मतभेदलाई नउठाउने सहमति गरेका थियौं । म त्यो प्रतिबद्धतामा कायम रहे तर केहि पक्षबाट त्यो पालना गरिएन । संसदमा पहिलो दिननै संसद विघटनको अत्यन्त संबेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरंगित बन्यो । त्यो विषयको उठान, न सान्दर्भिक नै थियो न प्रासंगिक नै थियो । देशमा ठुलो संबैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय थिएन । दुइ दुइ पटक सम्मानित सर्वोच्च अदालतले नै असंबैधानिक भनिसकेको र संबैधानिक निरुपण भैसकेको त्यस्तो अप्रिय विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन, संबिधान र लोकतन्त्रको निरन्तरता र संसदको स्थायित्वमै प्रश्न खडा गर्यो ।'   

प्रधानमन्त्री प्रचण्डले संसद विघटनको खुला पक्ष पोषणले ठुलो नैतिक संबैधानिक र राजनीतिक चुनौती दिएको बताए ।  

प्रधानमन्त्री प्रचण्डले यसअघि राष्ट्रपति पटक पटक विवादमा परेकोले आफुले राष्ट्रपति चयनमा राष्ट्रिय सहमति कायम गर्न आग्रह गरेको बताउदै राष्ट्रिय सहमति बनाउन सफल नभएपछि काँग्रेसलाई राष्ट्रपति दिने निष्कर्षमा पुगेको उनले बताए ।

एमाले र राप्रपाले सरकार छोडेपछि सरकारको काम गर्ने गतिमा कमि आएको बताउदै छोट समयमा सरकारले केहि राम्रो उपलब्धि हासिल गरेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै