काठमाडौं । आसिफ शेखले २०२२ को क्रिस्टोफर मार्टिन-जेन्किन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् । आसिफले आयरल्याण्डविरुद्धको खेलमा देखाएको खेलभावनाका लागि यो अवार्ड दिइएको हो ।
२०२२ को फेब्रुअरीमा नेपाल र आयरल्यान्डबीचको खेलमा शेखले आयरल्याण्डका ब्याट्सम्यानलाई रन आउट नगरेपछि उनको खेल भावनाको निकै प्रसंशा गरिएको थियो । रन लिने क्रममा ब्याट्सम्यान क्रिजको बीचमा लडेपछि आसिफले उनलाई खेल भावना देखाउदै रनआउट गरेका थिएनन् ।
यसै खेल भावनाका लागि आइसीसीले गत जनवरीमा आसिफलाई स्प्रिट अफ क्रिकेट अवार्ड दिएको थियो ।
यो अवार्डका लागि ईंग्ल्यान्डका जोस बटलर र बेन स्टोक्स पनि प्रतिष्पर्धामा रहेका थिए ।
मेरिलबोन क्रिकेट क्लव (एमसीसी) र बीबीसीले एमसीसीका पूर्व अध्यक्ष तथा विविसी टेस्ट म्याच स्पेसल कमेन्टेटर क्रिस्टोफर मार्टिन–जेनकिन्सको नाममा २०१३ मा यस अवार्डको स्थापना गरेका हुन् ।
यस अघि यो अवार्ड २०२१ मा दिइएको थिएन भने २०२० मा क्रिकेट वेस्ट इन्डिजलाइ दिइएको थियो । त्यस्तै २०१९ मा न्यूजील्याण्डको पुरुष क्रिकेट टिमलाइ दिइएको थियो ।