• २०८१ बैशाख १३ बिहीबार

युएईका मुख्य प्रशिक्षक रोबिन सिंह बर्खास्त

kharibot

काठमाडौँ । युएईले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक रोबिन सिंहलाई बर्खास्त गरेको छ ।

आइसीसी विश्वकप लिग-२ मा युएईले खराब प्रदर्शन गरेपछि प्रशिक्षक सिंहलाई बर्खास्त गरिएको हो । आइसीसी विश्वकप लिग-२ मा युएई शिर्ष पाँच स्थानमा पर्न नसक्दा एकदिवसीय मान्यताका लागि प्लेअफ खेल्नु पर्ने भएको छ । विश्वकप लिग-२ का ३६ खेलमा युएईले १५ खेलमा जित हासिल गरेको थियो भने १८ खेलमा हार बेहोरेको थियो ।

साथै रोबिन सिंह आइपीएलमा मुम्बई इण्डियन्ससंग जोडिएका कारण पनि टिमलाई पुरा समय दिन नसकेकोले उनलाई हटाइएको युएईका मिडियाहरुले उल्लेख गरेका छन् ।

युएईले अब नामिबियामा अर्को सातादेखि हुने विश्वकप छनौटको प्लेअफ खेल्दै छ । यसका लागि युएईको अन्तरिम प्रशिक्षकको रुपमा पाकिस्तानी पूर्व अलराउण्डर मुदास्सर नाजरलाई नियुक्त गरिएको छ । साथै नियमित प्रशिक्षकको नियुक्तिको प्रक्रिया पनि छिटै शुरु गर्ने तयारी भएको बताइएको छ ।

रोबिन सिंह २०२० को फेब्रुअरीदेखि युएईको क्रिकेट निर्देशकको रुपमा कार्यरत थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै