• २०८१ बैशाख १२ बुधबार

पहिलो पटक युक्रेन पुगे जापानी प्रधानमन्त्री किशिदा

kharibot

काठमाडौँ । जापानी प्रधानमन्त्री फुमियो किशिदा युक्रेनको भ्रमणमा छन् । युक्रेनको कीभमा उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट गरेका छन् ।

भेटका क्रममा किशिदाले रुस-युक्रेन युद्धमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरे । यसै क्रममा उनी किभ नजिकैको बुचा सहर पनि पुगे । यहाँको नरसंहारमा रुसी सैनिकमाथि ४१० सर्वसाधारणको हत्या गरेको आरोप छ ।

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै किशिदाले युक्रेनलाई ४७ करोड डलर सहयोग गर्ने घोषणा गरेका छन् । यो पैसा युक्रेनको ऊर्जा क्षेत्र र अन्य उद्योगहरूको विकासमा प्रयोग गरिनेछ । यसबाहेक जापानले युक्रेनलाई गैर-घातक हतियार खरिद गर्न नाटो ट्रस्ट फण्डबाट ३ करोड डलर दिने घोषणा गरेको छ ।

किशिदाले भने– जापान युक्रेनको साथमा छ र हामी उनीहरूलाई सहयोग गरिरहने छौँ । एक वर्षअघि बोचामा निर्दोष नागरिकको हत्या भएको देखेर विश्व स्तब्ध भएको थियो । आज जब म यी ठाउँहरूमा जान्छु, मलाई यो अत्याचार देखेर रिस उठ्छ ।

जेलेन्स्कीले भने- किशिदा अन्तर्राष्ट्रिय स्तरमा शान्ति कायम गर्नका लागि शक्तिशाली डिफेन्डर हुन् । उनको भ्रमण जापान र युक्रेनबीचको मित्रताको प्रतीक हो ।

जापानले मे महिनामा हिरोसिमामा जी-७ शिखर सम्मेलन आयोजना गर्ने कार्यक्रम छ। यस शिखर सम्मेलनमा प्रधानमन्त्री किशिदाले जेलेन्स्कीलाई निम्तो दिएका थिए । यसलाई स्वीकार गर्दै युक्रेनी राष्ट्रपतिले भिडियो कन्फ्रेन्समार्फत सहभागी हुने आश्वासन दिएका छन् । जापानी प्रधानमन्त्रीले युद्धग्रस्त देशको भ्रमण गरेको यो पहिलो पटक हो । यससँगै कुनै पनि एसियाली राष्ट्रका नेताको जी ७ समूहको अध्यक्षका रूपमा यो पहिलो भ्रमण हो ।

जापान टाइम्सका अनुसार भारत छोडेपछि किशिदा पहिले सरकारी विमानबाट पोल्याण्ड पुगेका थिए । यहाँबाट उनी रेल चढेर युक्रेन पुगेका थिए । किशिदाले यसअघि जनवरीमा जेलेन्स्कीसँग फोनमा कुरा गरेका थिए । त्यसपछि युक्रेनी राष्ट्रपतिले उनलाई किभ भ्रमणको निम्तो दिएका थिए । रुसले युक्रेनमा गरेको हमलाको विरोधमा जापानले विगतमा धेरै पटक विरोध गरेको छ । यस बाहेक जापानले अमेरिका र युरोपेली देशहरूलाई युद्धको सन्दर्भमा रुसमाथि प्रतिबन्ध लगाउने र युक्रेनलाई मानवीय र आर्थिक सहयोग उपलब्ध गराउन पनि सहयोग गरेको थियो।

जापानले हालसम्म युक्रेनलाई ७ अर्ब डलर सहयोग गरिसकेको छ । यस बाहेक जापानले युक्रेनलाई युद्धमा मद्दत गर्नका लागि धेरै गैर-लडाकू सैन्य उपकरणहरू जस्तै हेल्मेट, बुलेट प्रुफ ज्याकेट, ड्रोन र जनताको आवश्यकताहरू पनि दिएको छ । योसँगै जापानले युक्रेनबाट आएका करिब २ हजार मानिसलाई पनि आश्रय दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै