• २०८१ बैशाख ८ शनिबार

प्रतितोला २ हजारले घट्यो सुनको मुल्य

kharibot

काठमाडौं । सुनको मुल्य बुधबार दुई हजार रुपैयाँले घटेको छ ।

मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर बुधबार छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघकाअनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० मा किनबेच भएको थियो । 

बुधबार तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैगरी चाँदीको ५ रुपैयाँले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै