• २०८१ बैशाख १३ बिहीबार

अयोग्य लडाकुलाई राहतको नाममा रकम वितरण गर्ने सरकाको निर्णयप्रपति आपत्ति- राप्रपा

kharibot

काठमाडौं । राप्रपाले माओवादीका अयोग्य लडाकुलाई राहतको नाममा रकम वितरण गर्ने सरकाको निर्णयप्रपति आपत्ति जनाएको छ ।

अयोग्य लडाकुको नाममा ठूलो रकम वितरण गर्ने सरकारीको निर्णय आर्थिक अराजकताको पराकाष्ठा रहेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।  

माओवादी लडाकुको नाममा यसअघि निकासा भएको अर्बाैं रकम हिनामिना भएको आरोप खेपिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अयोग्य लडाकुलाई जनही २ लाख राहत दिन कार्यविधि बनाउने निर्णय गरेको थियो । जसको चौतर्फी आलोचना भइरहेका बेला राप्रपाले विरोध जनाउँदै सरकारको आर्थिक अराजकताको पराकाष्ठा रहेको टिप्पणी गरेको हो । 

देशको अर्थतन्त्र धरापमा पर्दै गएका बेला पुरानो हिसाब नदेखाई फेरि लडाकुलाई रकम बाँड्ने सरकारको निर्णय अनुचित, बलजफ्ती र आर्थिक अराजकताको पराकाष्ठा हो,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै