• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रिय क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगदसहित सम्मान

kharibot

विराटनगर । नेपाल खेलकूद महासङ्घ मोरङले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेश प्रसाद  कँडेललाई आज यहाँ नगद सहित सम्मान  गरेको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपाललाई विश्वकप छनौटमा पुर्याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई जनही नगद रु २५ हजार सहित सम्मान गरेका हुन् । 

राजवंशी र कँडेलले नेपालको क्रिकेटलाई उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गरिएको बताउँदै उनले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्ने विचार राखे ।

महासङ्घका मोरङ अध्यक्ष मनोज खड्का र सचिव अनन्त बस्नेतल खेलाडी देशका लागि गौरव भएको विचार राखे । सो अवसरमा नेपाल क्रिकेट संघको कोषाध्यक्ष रोशन वहादुर सिह, राजवंशीका वुवा आमालाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै