• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण

kharibot

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको छ ।

राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो ।उनले भने, “राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।

”त्यसैगरी राष्ट्रपति पौडेलको शिक्षण अस्पताल परिसरको बिपी कोइराला लाइन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन् । प्रा डा सगुन जोशीले राष्ट्रपतिको आखा परीक्षण गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै