• २०८१ बैशाख ८ शनिबार

गोलकिपरले हाने सबैभन्दा लामो दूरीको गोल (भिडियोसहित)

kharibot

काठमाडौँ । ल्याटिन अमेरिकाको चिलीमा भएको शीर्ष डिभिजन फुटबल लिगमा अचम्मको गोल भएको छ । काब्रेसल टोलीका अर्जेन्टिनाका गोलकिपर लिआन्ड्रो रेक्वेनाले आफ्नो बक्सबाट हानेको बल विपक्षी टिमको पोष्टमा गोल भएपछि अहिले यसको सर्वत्र चर्चा भइरहेको छ । अर्को शब्दमा, एक किकमा गोलकिपरले कसैलाई पास नगरी गोल गरेका छन् ।

चिलीको खेलकुद च्यानल टीएनटी स्पोर्ट्सका अनुसार बलले १०१ मिटरको दूरी तय गर्दै गोल भएको थियो । यदि गिनिज वल्र्ड रेकर्ड्सले प्रमाणित गरेमा, यसले फुटबल इतिहासमा सबैभन्दा लामो दूरीको गोलको रेकर्ड तोड्नेछ । यस खेलमा चिलीको लिग क्लब काब्रेसेलले कोलो-कोलोलाई ३-१ ले हराएको थियो ।

खेलमा चिलीको कोब्रेसाल र कोलो–कोलो टिमबीच खेल भइरहेको थियो । खेलको ७७औं मिनेटमा कोब्रेसल टोलीले २–० को अग्रता लिएको थियो । काब्रेसलका गोलकिपर लिआन्ड्रो रेक्वेनाले पेनाल्टी बक्सबाट लामो सट प्रहार गरे । सो क्रममा कोलो–कोलो टोलीका गोलकिपर ब्राय कोर्टेस पेनाल्टी बक्सबाहिर थिए । बल आयो र उनको टाउकोमा उछालियो र गोल पोष्टमा छिर्यो ।

गोल गर्ने खेलाडी रेक्विनाले चिलीको एक रेडियो कार्यक्रममा भने– मैले क्लबका प्रबन्धक जुआन सिल्भालाई यो कीर्तिमान बन्न सक्छ भने सोधेँको छु । उनले पक्कै बन्न सक्छ भन्नु भएको छ । अब हामी वास्तवमा दुरी के थियो भनेर हेर्न चाहन्छौं, चिली फुटबल महासंघले मैदानको लम्बाइ हेर्न अधिकारीहरू पठाउनेछ । सम्पूर्ण फुटबल मैदान १५० मिटर लामो छ ।

हालको लामो दूरीबाट प्रहार गरेको गोल भएको विश्व कीर्तिमान ९६.०१ मिटर लामो छ । २०२१ मा न्यूपोर्ट काउन्टीका टम किंगले ९६.०१ मिटर टाढाबाट प्रहार गरेको गोलले अहिलेसम्म लामो दूरीको गोलको रेकर्ड कायम गरेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै