• २०८१ बैशाख ८ शनिबार

रोकिएन फुटबलरको पलयान, सुजल र रञ्‍जित पनि अस्ट्रेलिया जादै

kharibot

काठमाडौँ । नेपाली फुटबल खेलाडी विदेशीने क्रममा थप दुई नाम जोडिएका छन् । पछिल्लो पटक सुजल श्रेष्ठ र रञ्‍जित धिमाल अस्ट्रेलिया जाने भएका हुन् । सुजल र रञ्‍जित अष्ट्रेलियामा फुटबल खेल्ने गरी जान लागेका हुन् । 

अष्ट्रेलिया जाने तय भएपछि सुजलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

सुजलले नेपालको राष्ट्रिय टीमबाट ३७ खेल खेल्दै ३ गोल गरेका छन् । उनले नेपालका लागि सन् २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यू गरेका थिए ।

सुजलकै कप्तानीमा मछिन्द्र फुटबल क्लबले लगातार दुई पटक सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको थियो । 

२०७३ सालमा मलेसियामा राष्ट्रिय टोलीले एएफसी सोलिडारिटी कप च्याम्पियन बन्दा मकाउविरुद्धको फाइनलमा सुजलनै गोल गरेका थिए । त्यस्तै १३औं सागमा उनकै कप्तानीमा नेपालले स्वर्ण पदक रक्षा गरेको थियो । 

यस अघि विशाल राईसहित एन्फा एकेडेमीका उत्पादन हेमन्त थापा मगर, सुमन लामा, दर्शन गुरुङ, हेमन गुरूङ, एलन न्यौपाने,  सुलभ मास्के, राजन गुरूङ, मिक्छेन तामाङ, रुमेश बर्तौला, रवि थिङ र अमिर श्रेष्ठ, विमल राना, आशिष लामा,  सन्तोष तामाङलगायतका दुई दर्जनभन्दा बढी खेलाडीहरू अस्ट्रेलिया गएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै