• २०८१ बैशाख ६ बिहीबार

जुवातास खेलिरहेका ६ जना पक्राउ

kharibot

चितवन । भरतपुर महानगरपालिका-९ केन्द्रीय बसपार्क नजिकै सोही ठाउँ बस्ने ३५ वर्षीय शिव गैह्रेको रोयल किचन एण्ड स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा गैह्रे समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ५० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै