• २०८१ बैशाख १२ बुधबार

गण्डकी सरकारबाट माओवादी बाहिरियो, दुई मन्त्रीले बुझाए राजीनामा

kharibot

पोखरा । गण्डकी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका दुई जनाले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबात मन्त्री बनेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार मुख्यमन्त्री खगराज अधिकारी समक्ष राजीनामा बुझाएका हुन् ।

योसँगै गण्डकी सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय गण्डकीमा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २, नेपाल समाजवादी पार्टी, एकीकृत समाजवादीका १-१ सांसद रहेका छन् । यस अघि एमाले, माओवादी केन्द्र र राप्रपाका गरि ३१ सांसदको सामान्य बहुमतमा सरकार बनाएका अधिकारी अब माओवादी बाहिरिएसँगै अल्पमतमा परेका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै