• २०८१ बैशाख ७ शुक्रबार

उपराष्ट्रपति ह्यारिससँग बाइडेन असन्तुष्ट !

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसबीचको सम्बन्धमा दरार आएको मिडिया रिपोर्ट बाहिर आएको छ । ह्वाइट हाउसका दुई पूर्व अधिकारीलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा यस्तो दाबी गरिएको हो ।

कमला ह्यारिसले चुनौतीपूर्ण वा जोखिमपूर्ण कार्यहरू गर्नबाट जोगिने गरेको बाइडेनले बताउन थालेको मिडिया रिपोर्टमा दाबि गरिएको छ । यसकै कारणले अमेरिकाको सबैभन्दा जेठो राष्ट्रपति भए पनि बाइडेन आफैं २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिन चाहेको दाबि गरिएको छ ।

रिपोर्टका अनुसार ८० वर्षीय बाइडेनले सार्वजनिक रूपमा भने ह्यारिसको तारिफ गर्ने गरेका छन् । तर, उनी उपराष्ट्रपतिको कामप्रति सन्तुष्ट छैनन् । ह्यारिसले जोखिमपूर्ण वा चुनौतीपूर्ण कार्यहरूलाई बेवास्ता गर्छिन् भन्ने बाइडेनलाई लाग्छ ।

न्युयोर्क पोस्टसँगको कुराकानीमा ह्वाइट हाउसका एक पूर्व अधिकारीले भने– 'बाइडेनले ह्यारिसलाई अहिले महत्वपूर्ण कामबाट टाढा राखेका छन् । ह्यारिसले काम बिगार्ने हुनकी भन्ने उनलाई लागिरहेको छ  । ह्यारिसले २०२४ को चुनावमा डोनाल्ड ट्रम्पलाई हराउन सक्दैनन् भन्ने बाइडेनको बुझाइ छ । त्यसैले उनले यो निर्वाचनमा आफैं उम्मेदवारी दिने निर्णय गरेका छन् ।'

तर ह्वाइट हाउसका अर्का पूर्व अधिकारीका अनुसार ह्यारिसले गर्भपतनको मुद्दामा धेरै काम गरेको बताउछन् । ह्यारिसले कानुनी र घरेलु मामिलामा धेरै काम गरेकी छन् । बाइडेनले विगतमा ह्यारिसले अवैध रुपमा अमेरिका आउनेहरुविरुद्ध गरेको कामको प्रशंसा गरेका थिए । 

कमला ह्यारिस अमेरिकाकी उपराष्ट्रपति हुन् । डेमोक्रेटिक पार्टीबाट आएकी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपति बन्ने पहिलो महिला हुन् । उनलाई भविष्यमा अमेरिकाको राष्ट्रपतिको रुपमा पनि हेर्ने गरिएको छ ।

ह्यारिस हार्वर्ड युनिभर्सिटी, क्यालिफोर्निया युनिभर्सिटी र हेस्टिङ्स कलेज अफ लबाट स्नातक छन् । उनी २०१० र २०१४ बीच दुई कार्यकालको लागि क्यालिफोर्नियाको महान्यायाधिवक्ता थिइन् । उनी २०१७ देखि २०२१ सम्म अमेरिकी सिनेटर थिइन् । उनले २० जनवरी २०२१ मा, उनी अमेरिकाको ४९औं उपराष्ट्रपतिको शपथ लिएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै