• २०८१ बैशाख १३ बिहीबार

१७५ जना अमेरिकी अझै तालिबानको कब्जामा

kharibot

काठमाडौँ । अफगानिस्तानमा १७५ जना अमेरिकी तालिबानको कब्जामा रहेको खुलासा भएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विज्ञप्ति जारी गर्दै आफ्ना १७५ नागरिक अझै तालिवानको कब्जामा रहेको बताएका छन् । उनले अमेरिकी  नागरिकलाई अफगानिस्तानबाट निकाल्न सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

वास्तवमा, अमेरिकाले अगस्ट २०२१ मा अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता गरेको थियो । यसपछि तालिबान सत्तामा आउने डरले विश्वभरका देशहरूले अफगानिस्तानबाट आफ्ना नागरिकलाई निकाल्न अभियान चलाएका थिए ।

अमेरिकाले पनि सुरक्षाको डरले आफ्ना नागरिकसहित कैयौं अफगानीहरूलाई बाहिर निकालेको थियो ।

अमेरिकी कूटनीतिमा भएको छलफलमा १७५ नागरिक अहिले पनि तालिबानको कब्जामा रहेको खुलासा भएको हो ।

अमेरिकी विदेश मन्त्रीले अमेरिकी कूटनीतिको बारेमा छलफलको क्रममा तालिबान कैदमा फसेका अमेरिकी नागरिकहरूको संख्या खुलासा गरेका हुन् । अमेरिकी विदेश मामिला समितिले यो छलफल गरिरहेको थियो । ब्लिन्केनले सरकारले अफगानिस्तानमा फसेका अमेरिकीहरूको परिवारका सदस्यहरूको पहिचान खुलाउन सक्दैन । साथै उनलाई यस विषयमा सार्वजनिक रुपमा बोल्न पनि प्रतिबन्ध लगाइएको छ ।

बाइडेन प्रशासनलाई कुण्ठित गर्न, रिपब्लिकनहरूले अफगानिस्तानबाट अमेरिकाको अचानक फिर्ता हुने निर्णयको अनुसन्धान गरिरहेका छन् । ट्रम्पको पार्टीले अफगानिस्तान छोड्ने निर्णय हतारमा लिइएको आरोप लगाएको छ । सो समयमा १३ अमेरिकीको मृत्यु भएको थियो ।

बाइडेनले सेनालाई समयसीमा अघि अफगानिस्तान छोड्न आदेश दिए । उनले अब अफगानिस्तानमा एक पनि सैनिक मारिन नहुने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै