• २०८१ बैशाख ८ शनिबार

मोरक्कोले ब्राजिललाई हरायो

kharibot

काठमाडौँ । अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई पराजित गरेको छ ।

गएराती घरेलु स्टेडियममा सम्पन्न खेलमा मोरक्कोले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक एक गोल गरेका थिए ।

ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए ।

विश्वकपपछि पहिलो पटक खेलेको ब्राजिल मोरक्को सँग हार बेहोरेको छ भने मोरक्कोले पनि विश्वकपको आफ्नो लयलाई निरन्तरता दिदै ब्राजिललाई स्तब्ध बनाएको छ ।

हालै सम्पन्न विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोसियासँग पराजित भएको थियो । अब अर्को मैत्रीपूर्ण खेलमा मोरक्कोले पेरुसँग खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै