• २०८१ बैशाख १२ बुधबार

सन्दीपविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुदै

kharibot

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ ।

'फास्ट ट्र्याक'बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ । 

शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी गौशाला-२६  ले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दाको अन्तिम फैसला आउने तयारी भएकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भन्दै अन्तरिम राहत दिनुनपर्ने आदेश गरेको थियो । 

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

तर, जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।

तर, सन्दीपले विदेश जान अनुमति माग्दै दिएको निवेदनमा सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।

सन्दीपविरुद्ध गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको अभियोग छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै