पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने

खरीबोट

वीरगञ्ज ।  सरकारको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माविमा १५ बालबालिकालाई विद्यालय भर्ना गराएका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ पर्साका प्रमुख बरखुप्रसाद रजकले जिल्लामा सात हजार ५९२ बालबालिका मात्रै विद्यालय बाहिर रहेको तथ्याङ्क प्रस्तुत गरे । 

उहाँका अनुसार पर्सा जिल्लामा ११ हजार २११ जना बालबालिका विद्यालय बाहिर रहेकामा तीन हजार ७११ जना बालबालिका जिल्लामा विभिन्न गैरसरकारी संस्थाद्वारा सञ्चालित कार्यक्रममार्फत विद्यालयमा भर्ना भएकाले सात हजार ५९२ बालबालिकालाई विद्यालयसम्म ल्याउने चुनौती बाँकी छ । 

क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलका क्षेत्रीय निर्देशक दिनेशकुमार श्रेष्ठले भने पर्सामा २१ हजार ५१४ जना आधारभूत तहका बालबालिका विद्यालय बाहिर रहेको जानकारी गराए । 

सो अवसरमा मन्त्री पोखरेलले पाँच महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याइने बताउँदै आजसम्म सात प्रतिशत मात्रै प्राविधिक शिक्षा पढाइ हुँदै आएकामा अब सरकारले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामान्य शिक्षा प्रदान गर्ने तयारी भएको जानकारी दिए । 

उनले २०२८ सालको शिक्षा नीतिलाई चाँडै अन्त्य गरेर नयाँ नीति ल्याइने बताउँदै बालबालिकाको जीवन देशको जीवनसँग जोडिएकाले लापरबाही नगर्न शिक्षकलाई चेतावनी दिए । प्रदेश नं २ को सिरहाबाट भर्ना अभियान शुरु गर्दै मन्त्री पोखरेल सप्तरी, धनुषा हुँदै पर्सा आएका हुन्  । उनले प्रदेश नं २ का सबै जिल्लामा पुगेर भर्ना अभियान शुरु गर्ने लक्ष्य लिइएको बताए । 

सम्बन्धित समाचार

दुई वर्ष भित्रै मुलुकलाई पूर्ण साक्षरता घोषणा गर्ने सरकारको लक्ष्य : शिक्षामन्त्री पोखरेल

बारा। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले आउँदो दुई वर्ष भित्रै मुलकलाई पूर्ण साक्षरता  घोषणा  गर्ने लक्ष्यका साथ सरकार अघि बढीरहेको बताएका छन् । प्रदेश नम्वर दुई बाराको सिमरामा सञ्चालित

शिक्षामन्त्रीद्वारा सानोठिमी क्याम्पसले लगाएको जग्गा भाडा सम्झौता रद्द

काठमाडौैँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पसले लगाएको जग्गा भाडासम्बन्धी सम्झौतालाई रद्द गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आइतबार जग्गा भाडामा दिने सम्झौता रद्द गर्ने मन्त्रीस्तरीय

डा. गोविन्द केसी भर्सेस शिक्षामन्त्री : अवश्यम्भावी बन्दै १६औँ अनशन ! 

काठमाडौं । सामाजिक अभियन्ता डा. गोविन्द केसीको १६औँ अनशन अवश्यम्भावी बन्दै गएको छ । पछिल्लो समय पुनः डा. केसीले यसअघिका अनशनका क्रममा सरकारसँग गरेका सहमतिहरु समेटेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक

डा. केसीको शिक्षामन्त्रीमाथि आरोप : आर्थिक लाभका लागि सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक ल्याउदै  

काठमाडौँ।  वरिष्ठ डाक्टर गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आर्थिक लाभ लिन आफुहरुसँग गरिएको सम्झौताका वुँदाहरु विपरित ऐन पारित गर्न गराउन पहल गरिरहेका आरोप लगाएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै


z