• २०८१ बैशाख ६ बिहीबार

अर्बपति व्यापारी ज्याक मा लामो समयपछि फर्किए चीन

kharibot

काठमाडौँ । लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हाङ्जाउको विद्यालयमा देखा परेका छन् ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याक मा हालै चीन फर्किएका हुन् । उनी एक वर्षभन्दा बढी समयदेखि विदेशमा थिए । यो पत्रिका ज्याक माको कम्पनी अलिबाबाको स्वामित्वमा छ ।

५८ वर्षीय ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरूको आलोचना गरेपछि उनी सार्वजनिक रुपमा निकै कम देखा परेका थिए ।

सोहि बर्ष उनले बजारमा ल्याउन लागेको २६ बिलियन डलरको शेयर चिनियाँ सरकारले रोकिदिएको थियो ।  

ज्याक मा प्राविधिक उद्यमीहरूविरुद्धको अभियान पछि बेपत्ता हुने सबैभन्दा उच्च प्रोफाइल अरबपति थिए ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार उनी केही समय हङकङमा बसेका थिए । त्यसपछि उनी स्पेन, नेदरल्याण्डस, थाइल्याण्ड र अस्ट्रेलियामा पनि बसेका थिए । गत नोभेम्बरमा फाइनान्सियल टाइम्सले ज्याक करिब ६ महिना जापानको टोकियोमा बसेको रिपोर्ट सार्बजनिक गरेको थियो ।

ज्याक मा कृषि प्रविधिको बारेमा जानकारी लिन विभिन्न देशको भ्रमण गरेको बताइएको थियो तर पछिल्ला वर्षहरुमा उनी किन सर्वसाधारणको नजरबाट टाढा रहे भन्ने अझै स्पष्ट भएको छैन । ज्याक मा कुनै समय चीनका सबैभन्दा धनी व्यक्ति थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै