• २०८१ बैशाख ११ मंगलबार

एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणका लागि ३२ खेलाडी आह्वान 

kharibot

काठमाडौं । एएफसी यू–२० महिला एसिया कप छनोटको दोस्रो चरणका लागि ३२ खेलाडी बोलाइएको छ । 

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले सोमबार प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेका हुन् । बन्द शिविर अप्रिल चैत्र २ज्ञ बाट सुरु हुनेछ । 

नेपाल दोस्रो चरणमा चीन, म्यानमार र चाइनिज ताइपेसँग परेको छ । दोस्रो राउण्ड जुन ३ देखि ११ सम्म खेलाइनेछ । 

नेपाल समूहको शीर्ष दुईमा पर्न सकेमा सन् २०२४ को एएफसी यू–२० महिला एसियाली कपमा छनोट हुनेछ । 

नेपालले पहिलो चरणमा प्यालेस्टाइन र उत्तरी मारियाना आइल्याण्डलाई समान ६–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । 

प्रारम्भिक टोली

गोलकिपर: कविता विक, सुजाता तामाङ, लिला जोशी, सावित्री किसान, पूजा थापा

डिफेन्डरः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, सुस्मा जीटी, जेनिफर राणा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली मचामासी, सरस्वती हमाल, हिमा रावत, मनिषा सेन, दीपा शाही, बिर्साना चौधरी

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान, सेनु परियार, वर्षा ओली
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै