काठमाडौँ । शनिबार बार्सिलोना र सेभिलाबीच हुने कोपा डेल रेको फाइनल खेलको चर्चा सुरु भएको छ ।
च्याम्पियन्स लिगको घाउलाई बिर्सेर बार्सिलोना कोपाको उपाधि जित्न आफ्नो सारा शक्ति लगाउने तयारी गरेको छ भने यस सिजनमा कुनै एक उपाधि जित्न सेभिलाले बार्सिलोनालाई सरप्राइज दिने तयारी गरेको छ ।
यसैबीच अर्जेन्टिना राष्ट्रिय टिमका डिफेन्डरले आफ्ना कप्तान लियोनेल मेसीविरुद्ध सो खेलमा खेल्दैछन् । गाब्रियल मेर्काड़ोले आफ्ना कप्तानविरुद्धको सो फाइनलमा आफुले मेसीविरुद्ध फाउल नखेल्ने बताएका छन् । उनले आफु मेसीविरुद्ध फाउल खेले अर्जेन्टिनामा मुख देखाउन नसक्ने बताएका छन् ।
विश्वकपको मुखमा आफुले मेसीविरुद्ध कुनै अपमानजनक हुने खेल प्रदर्शन नगर्ने बताउदै मेर्काड़ोले मेसीलाई रोक्ने अरु उपाय भएको बताए । उनले भने-‘यदि मैले मेसीलाई हाने भने म अर्जेन्टिना जान सक्दिन ।’
उनले मेसीलाई फाउल हानेर रोक्न नसकिने भन्दै मेसी विश्वको उत्कृष्ट खेलाडी भएको र उनले मैदानको जँहाबाट पनि गोल गर्नसक्ने बताए । फाइनलको पुर्वसन्ध्यामा मेर्काड़ोले मेसीलाई हामीले आफ्नै किसिमले रोक्ने छौ भन्दा हामीसँग बार्सिलोनाले सजिलै कप लैजान नसक्ने बताए ।
मेसीले यस सिजनमा बार्सिलोनाका लागि ४९ खेलमा ३९ गोल गरेका छन् भने ला लिगामा २९ गोल र १२ असिस्ट गरेका छन् ।
यसअघि दुइबर्ष अघि भएको कोपाको फाइनलमा बार्सिलोनाले सेभिलालाई २-० ले पराजित गरेको थियो ।
बार्सिलोनाले कोपाको उपाधि सबैभन्दा धेरै २९ पटक जितिसकेको छ भने १० पटक उपविजेता बनेको छ । त्यस्तै सेभिलाले कोपाको उपाधि ५ पटक जितेको छ भने ३ पटक उपविजेता बनेको छ ।