• २०८१ बैशाख ११ मंगलबार

दिल्लीले दियो सन्दीपको डेभ्युको संकेत, अधिकारिक वेभपेजमा यसरी गरियो तारिफ 

kharibot

काठमाडौँ । यस सिजनको आइपिएलमा खराब सुरुवात गरेको दिल्ली डेयरडेभिल्सले नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई खेलाउने संकेत दिएको छ । 

दिल्लीको आधिकारिक वेभपेजमा सन्दीपको बारेमा लेख्दै कोटला मैदानमा सन्दीपको डेभ्यु हुनसक्ने उल्लेख गरेको छ ।

अहिलेसम्म खेलेका ४ खेलमा ३ मा हार र एक खेलमा मात्र जीत हासिल गरेको दिल्लीले आफ्नो घरेलु कोटला मैदान स्पिनरका लागि उपयुक्त हुने भन्दै दिल्लीले तीन स्पिनर खेलाउदा सन्दीपलाई खेलाउने सम्भावना देखिएको उल्लेख गरेको छ ।

अन्य टिमले यस सिजनको आइपिएलमा प्राय तीन स्पिनर खेलाउदै सफल भैरहेको अवस्थामा दिल्लीले पनि तीन स्पिनर खेलाएर अघि बढ्नु पर्ने भन्दै फ्यानहरुले दबाब दिन थालेका छन् । सो लेखमा पनि दिल्ली अब तीन स्पिनर खेलाएर जानु पर्ने उल्लेख गरिएको छ ।

सन्दीपको तारिफ गर्दै लेखिएको सो लेखमा सन्दीपले पाएको सफलता र माइकल क्लार्कले गरेको सहयोगको उल्लेख गरिएको छ ।

आफ्ना प्रमुख स्पिन बलर अमित मिश्र फर्ममा नभएपछि र फास्ट बलरले राम्रो बलिङ गर्न नसकेपछि दिल्लीले विजयी लय पाउन सकेको छैन । अहिलेसम्म आइपिएलको उपाधि जित्न नसकेको दिल्लीले यस सिजनमा नयाँ टिम बनाएकोले टिमको सहि कम्बिनेशन बनाउन संघर्ष गरिरहेको देखिएको छ । 

दिल्ली शनिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग चिन्नास्वामी स्टेडियम बैंगलोरमा खेल्दै छ भने यस सिजनको पहिलो घरेलु खेल आगामी सोमबार कोटला मैदानमा किंग्स इलेभेन पंजावसँग खेल्दै छ । 

के लेखियो दिल्ली डेयरडेभिल्सको साइटमा यँहा पढ्नुस 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै