• २०८१ बैशाख १२ बुधबार

कृषि बिकास बैकसहित नौ संस्थाको सेयर नेप्सेमा सुचीकरण 

kharibot

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा नौ वटा संथाको सेयर सुचीकरण भएको छ ।

नेप्सेले दिएको जानकारी अनुसार कृषि बिकास बैक सहित नौ वटा बैंक तथा फाईनान्सहरुको नियमित कारोवारका लागि बोनस तथा हकप्रद सेयर सुचीकृत भएको हो । 

लघुबित्त तर्फ नयाँ नेपाल लघुबित्त बित्तीय संस्थाको ४० हजार कित्ता, किसान माईक्रो फाईनान्सको  आठ लाख पाँच हजार कित्ता र  बिजय लघुबित्त बित्तीय संस्थाको एक लाख ६१ हजार कित्ता बोनस सेयर सुचीकृत भएको छ । 

यसैगरी बिकास बैंकतर्फ भने  कञ्चन डेभलपमेन्ट बैंकको ५५ लाख ५५ हजार पाँच सय कित्ता बोनस, साँग्रिला डेभलपमेन्ट बैंकको एक करोड आठ लाख ६७ हजार सात सय ९८ कित्ता हकप्रद र मिसन डेभलपमेन्ट बैकको आठ लाख ६५ हजार चार सय ६७ कित्ता बोनस सेयर सुचीकरण भएको छ । 

बाँणिज्य बैकतर्फ भने नेपाल एसबिआई बैंकको एक करोड सात लाख ७९ हजार नौ सय १७ कित्ता बोनस, एभरेष्ट बैंकको एक करोड ९९ लाख १६ हजार दुई सय ७७ कित्ता बोनस र कृषि बिकास बैंकको एक करोड ४१ लाख ७५ हजार तीन सय ६० कित्ता बोनस सेयर सुचीकृत भएको छ । 

कसको कति सेयर सुचीकरण भयो हेर्नुहोस तालिका :

क्रस         संस्थाको नाम                प्रकार        कित्ता

१    नयाँ नेपाल लघुबित्त संस्था        बोनस        ४००००
२    नेपाल एसबिआई बैंक                बोनस        १०७७९१७६.०१
३    कञ्चन डेभलपमेन्ट बैंक             बोनस        ५५५५५००
४    किसान माईक्रो फाईनान्स          बोनस         ८०५०००
५    साँग्रिला डेभलपमेन्ट बैंक            हकप्रद        १०८६७७९८.५०
६    बिजय लघुबित्त बित्तीय संस्था   बोनस        १६१०००
७    मिसन डेभलपमेन्ट बैंक              बोनस        ८६५४६७
८    एभरेष्ट बैंक                             बोनस        १९९१६२७७.४८ 
९    कृषि बिकास बैंक                      बोनस        १४१७५३६०
                    (श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै