• २०८१ बैशाख १३ बिहीबार

देउवा-आरजु गिरोहको हेपाइ र अपमानले काँग्रेसमा रहन सकिन- डा. स्वर्णिम वाग्ले

kharibot

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । डा. वाग्लेले कांग्रेस नेताहरुलाई पत्र लेखेर पार्टी छोडेको जानकरी गराएका हुन् ।

उनी तनहुँ-१ बाट उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने चर्चा चलिरहेका बेला काँग्रेस छोडेका हुन् । 

डा. वाग्लेले पत्रमा देउवा-आरजु गिरोहको हेपाइ र अपमानका कारण छोड्नु परेको उल्लेख गरेका छन् । साथै उनले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरी को प्रयोगमा जान चाहेंको उल्लेख गरेका छन् । 

डा. वाग्लेको पत्र:

प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बावजूद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहें । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं ।

काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै