दुई कोरियाका नेताका लागि हटलाइन सेवा सुरु

खरीबोट
ad

सोल ।  दक्षिण कोरिया र उत्तर कोरियाका नेताका लागि शुक्रबार हटलाइन सेवा सुरु गरिएको छ । 

दुई कोरियाका शीर्ष नेताको शिखर सम्मेलन हुन एक हप्ता अगाडि हटलाइन सेवा सुरु भएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनसहितको पहिलो शिखर बैठक यही अप्रिल २७ तारिखमा गर्ने तय भएको छ । दक्षिण कोरियामा राष्ट्रपतिको कार्यालयमा र उत्तर कोरियामा ‘न्युक्लियर आर्मड’सम्वन्धी कार्यालयबाट हटलाइन सेवा सञ्चालन गरिएको छ । 

हटलाइन सेवाको परीक्षणका लागि दुबै पक्षका उच्च अधिकारीले चार मिनेट १४ सेकेण्ड कुराकानी गरेका थिए । दुई कोरियाको सम्वन्ध थप सुधारको क्रममा यसलाई अर्को नयाँ कदमका रुपमा हेरिएको छ । 

केही महिना अगाडि भएको शीतकालिन ओलम्पिकदेखि दुई कोरियाकाबीचमा आश्चर्यजनक तरिकाले सम्वन्धमा सुधार आएको छ । 

सम्बन्धित समाचार

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति  

सोल। उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ ।  कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको

दक्षिण कोरियाबाट पनि मेगा बैंकको ‘मेगा रेमिट’ सेवा 

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा शुभारम्भ गरेको छ ।  दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाँदै

अमेरिका । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी आइतबार उत्तर कोरियाको भ्रमण गर्दै छन् । भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग भेटघाट गर्नेछन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार, आणविक

फास्ट ट्रयाकको डीपीआर दक्षिण कोरियाको सुसङले बनाउने, लागत १० करोड  

काठमाडौँ। नेपाली सेनाद्वारा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना काठमाण्डौँ—तराई र मधेश द्रुर्तमार्ग फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने जिम्मा दक्षिण कोरियाको सुसङ ईन्जिनियरिङ कम्पनीलाई जिम्मा दिइएको छ ।  काठमाण्डौँ—तराईरमधेश द्रुर्तमार्ग


z