• २०८१ बैशाख १४ शुक्रबार

बार्सिलोनाको सहज जित

kharibot

काठमाडौं  । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

स्पेनिश लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो । 

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल तथा अन्सु फाती र फेरान टोरेसले एक एक गोल गरे पछि बार्सिलोनाले सानदार जीत निकाल्न सफल भएको हो ।  

इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलको २०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको ५६औं मिनेटमा  फेरान टोरेसको पासमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

त्यसको १० मिनेट पछाडी अर्थात ६६औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए । र, ७०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए । 

यस जितसँगै बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शिर्ष स्थानमा छ भने पराजित इल्चे १३ अंक जोडेर रेलिगेसनको पुछारमा छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै