• २०८१ बैशाख १३ बिहीबार

एस्टन भिल्लासँग हार्यो चेल्सी

kharibot

काठमाडौं । चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २–० ले पराजित भएको छ ।

प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो । 

चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा बिजयी भिल्लाका लागि ओली वाट्किन्सले पहिलो हाफको १८औं मिनेटमा तथा दोस्रो हाफमा जोन म्याकगिनले ५६औं मिनेटमा गोल गरेका थिए । सो पराजयसँगै चेल्सी एक स्थान तल झरेको छ । 

जसअनुसार २८ खेलबाट ३८ अंकसहित चेल्सी ११औं स्थानमा झरेको छ भने चेल्सीलाई पराजित गरेपछि एस्टन भिल्ला समान खेलबाट ४१ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै