• २०८१ बैशाख १३ बिहीबार

उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाई

kharibot

प्रतिनिधि तस्बीर

डोल्पा । उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारीले जान खोज्दा आफूहरु समस्यामा परेको पीडितले बताएका छन् ।

बिरामी उद्धार देखि अन्य प्रयोजनका लागि उपल्लो डोल्पामा जाने हेलिकोप्टरमा जिल्ला स्थित कर्मचारीले निःशुल्क जान खोज्दा आफूहरु पीडित भएको बताएका हुन । जिल्ला प्रशासन कार्यालय देखि जिल्ला प्रहरी हुँदै पहुँचवाला कार्यालयका कर्मचारीहरु हेलिकप्टरमा हालिमुहाली हुँदै आएपछि पीडित अन्यायमा परेका छन भने राज्य माथी आर्थिक भार थपिन पुगेको छ ।  

पर्यटकलाई उद्धारदेखि सुत्केरी उद्धारसम्मका कामहरुमा हेलिकोप्टर लिदा कर्मचारीहरु घुम्न सोही हेलिकोप्टरमा जाँदा बढी महंगो हुने गरेको पीडितको भनाई छ । जनताले लगानीमा उडाएको हेलिकोप्टरमा कर्मचारीको रजाइँ हुदा हेलिकोप्टरको उडान समय बढी हुने गरेको छ । 

जती समय बढी खर्च भयो, उत्ती नै खर्च बढी आउने भएपछि आफूहरु मर्कामा परेको उपल्लो डोल्पा स्थित डोल्पोबुद्ध गाउँपालिका –३ का खाम्पा छुल्डीम गुरुङले बताए । उपल्लो डोल्पाको डोल्पोबुद्ध, शे फोक्सुण्डोमा हलिकोप्टर उडाउन शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले दिने गर्दछ । छार्काताङसोङ , ठुलिभेरी ,त्रिपुरासुन्दरी लगाएतका क्षेत्रमा हेलिकोप्टर उडाउन जिल्ला प्रशासन कार्यालयले दिने गर्दछ ।

निकुन्ज एरिया भित्र हेलिकोप्टर उडाउदा निकुन्ज भित्रको सेनालाई लिएर उडान भर्नुपर्ने भए पनि त्यसमा समेत अन्य कर्मचारी कै हालिमुहाली हुने गरेको छ । बिपद तथा समस्यामा परेका सर्वसाधारणले लिने हेलिकोप्टरमा कर्मचारीले घुम्न खोज्दा खर्चसमेत बढी आउदा स्थानीयबासीहरु आर्थिक मारमा परेका छन् ।  

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले आफूसम्म केही गुनासो आएको बताए । अब आउने हेलिकोप्टरमा आफूले समन्वय गरेर कसैलाई पनि मर्का नपर्ने गरी काम गर्ने बताए । 

यत्ता निकुन्जका प्रमुख लालबहादुर भण्डारीले निकुन्जले कुनै असहयोग नगरेको बताए । निकुन्ज क्षेत्र भित्र हेलिकोप्टर लिदा सुरक्षाकर्मी लिनुपर्ने भएपनि अहिलेसम्म त्यो काम भने हुन नसकेको उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै