• २०८१ बैशाख ५ बुधबार

कोपा जित्न अर्को औला भाच्न तयार छु – इभान राकीटिक 

kharibot

काठमाडौँ । बार्सिलोनाले आज राति कोपा डेल रेको फाइनलमा सेभिलाको सामना गर्दै छ । यसअघि लगातार तीन पटक कोपाको उपाधि जितेको बार्सिलोनाले चौथो पटक उपाधि जित्ने पुरा तयारी गरेको छ । 

यसैबीच इन्जुरीका कारण बाहिर रहेका बार्सिलोनाका क्रोसियन प्ले मेकर इभान राकीटिक अभ्यासमा फर्किएका छन् । राकीटिक सेभिलाविरुद्धको फाइनल खेल्ने भएका छन् ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लिगमा रोमाविरुद्धको खेलमा घाइते भएका राकीटिकले ला लिगाका भालेन्सिया र सेल्टा भिगोविरुद्धको खेल गुमाएका थिए ।

सेभिलाका पुर्वखेलाडी सेमत रहेका राकीटिकले कोपा उपाधि जित्न आफु अर्को औला भाच्न तयार रहेको बताएका छन् । राकीटिकले मिडियासँग कुरा गर्दै आफु अभ्यासमा फर्किएको र सेभिलाविरुद्ध खेल्न तयार रहेको बताएका छन् । 

यद्यपी बार्सिलोना व्यवस्थापनको लागि ला लिगामा अपराजित रहनु पहिलो प्राथमिकता भएपनि यो फाइनल जितेर आफ्नो विजयी लयलाई कायम राख्न चाहन्छ । त्यसैले पनि राकीटिकको पुनरागमनले बार्सिलोनालाई राहत भएको छ ।

राकीटिकले यस इन्जुरीबाट बाहिर आउन आफुलाई टिमका साथिहरुले सहयोग गरेको भन्दै कोपाको उपाधि चौथो पटक लगातार जित्ने दाबि गरे । उनले भने- 'कोपा उपाधि जित्न म अर्को औला भाच्न तयार छु, मैले त्यो गर्ने छु ।’

३० बर्षिय राकीटिक २०१४ मा बार्सिलोना आएदेखि कुल २०६ खेल खेलेका छन् भने ३० गोल गरेका छन् । २०११ देखि २०१४ सम्म सेभिलाका लागि खेलेका राकीटिकले सेभिलाका लागि १४९ खेल खेल्दै ३४ गोल गरेका थिए । राष्ट्रिय टिम क्रोसियाका लागि उनले ९० खेलमा १४ गोल गरेका छन् ।

सेभिलामा हुँदा राकीटिकले २०१३-१४ को युरोप लिगको उपाधि जितेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै