बार्सिलोनाका पुर्व म्यानेजर लुइस इनरिक आर्सनल जाने !

खरीबोट
ad

काठमाडौँ । प्रिमियर लिग क्लब आर्सनलबाट आर्सन वेंगरले छोडेपछि नयाँ म्यानेजरको खोजि सुरु भएको छ । 

आर्सनलको नयाँ म्यानेजरमा अहिले बार्सिलोनाका पुर्वम्यानेजर लुइस इनरिकको नाम सबैभन्दा अगाडी रहेको छ ।

इनरिक र आर्सनलका शिर्ष अधिकारीहरु बीच कुराकानी भइसकेको र वेंगरको ठाउमा इनरिक आउने डेलीमेलले लेखेको छ ।

गतबर्ष बार्सिलोनाको म्यानेजरबाट राजीनामा दिएपछि उनि अहिले कुनै क्लबमा आवद्ध रहेका छैनन् । ४७ बर्षिय इनरिकलाई आर्सनल ल्याउने पहल आर्सनलका नयाँ फुटबल निर्देशक राउल सन्लेहीले गरेका हुन् जसको इनरिकसँग पुरानो र राम्रो सम्बन्ध रहेको बताइएको छ ।

पप ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई बदलेपछि आर्सनलले इनरिकलाई ल्याएर प्रिमियर लिगमा  स्पेनिस फुटबलको फ्लेबर दिन खोजेको देखिन्छ । खास गरि बार्सिलोनाको खेल्ने तरिका अहिले सिटीले फलो गरेपछि सफलता हासिल गरेपछि आर्सनल पनि सोहि बाटोमा जान खोजेको देखिएको छ ।

आर्सनलमा वेंगर भने प्याट्रिक भिएरालाई ल्याउन चाहन्छन जो हाल न्युयोर्क सिटीको म्यानेजर छन् ।

तर तिन बर्षको अवधिमा इनरिकले बार्सिलोनामा पाएको सफलताले उनि आर्सनलको पहिलो रोजाईमा रहेका छन् । बार्सिलोनामा इनरिकको तीन बर्षको अवधिमा ९ उपाधि जितेको थियो । जसमा दुई ला लिगा, तीन कोपा, एक च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युइएफए सुपर कप, सुपरकोपाको उपाधि थिए ।

रियल म्याड्रिड र बार्सिलोनाका पुर्व खेलाडी समेत रहेका इनरिकले  बार्सिलोनाका लागि १८१ खेलमा म्यानेजर बन्दै १३८ खेलमा जित, २२ खेलमा बराबरी र २१ खेलमा मात्र हार बेहोरेका थिए । यसअघि उनि बार्सिलोनाको बि टिमको म्यानेजर हुदै रोमा र सेल्टाको पनि म्यानेजर बनेका थिए ।
   
 

सम्बन्धित समाचार

प्रिमियर लिगमा फुलह्याममाथि आर्सनलको शानदार जित 

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा आर्सनलले फुलह्याममाथि सहज जित हासिल गरेको छ।  आइतबार भएको खेलमा आर्सनलले फुलह्यामलाई ५-१ गोल अन्तरले पराजित गरेको छ।  आर्सनलका लागि एलेक्जेन्द्रे लकाजेटे र एमेरिक औबामेयाङ्गले २-२ गोल

युरोपा लिगमा काराबागमाथि आर्सनलको सहज जित 

काठमाडौँ।  युरोपा लिग अन्तर्गत प्रिमियर लिग क्लब आर्सनलले अजरबैजानको क्लब काराबागलाई सजिलै पराजित गरेको छ। गएराती  भएको खेलमा आर्सनलले काराबागलाई ३-० गोल अन्तरले पराजित गरेको हो।  आर्सनलको जितमा सोकराटिस पपासटथोपोउलोस, स्मिथ

युरोपा लिगमा आर्सनलको विजयी सुरुवात

काठमाडौँ।  प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिगमा विजयी सुरुवात गरेको छ।  गएराती बह्येको खेलमा युक्रेनको क्लब भोस्क्लामाथि ४-२ को जित हासिल गर्दै यस सिजनको युरोपा लिगको विजयी सुरुवात गरेको हो।  आर्सनलको

प्रिमियर लिगमा आर्सनलको लगातार तेस्रो जित, जाखा र ओजीलले गरे गोल 

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले न्युक्यासललाई पराजित गर्दै प्रिमियर लिगमा लागातार तेस्रो जित हासिल गरेको छ।  यस सिजनमा सुरुका दुई खेलमा हर बेहोरेर खराब सुरुवात गरेको आर्सनल अन्तत लयमा


z