• २०८१ बैशाख ११ मंगलबार

बार्सिलोनाका पुर्व म्यानेजर लुइस इनरिक आर्सनल जाने !

kharibot

काठमाडौँ । प्रिमियर लिग क्लब आर्सनलबाट आर्सन वेंगरले छोडेपछि नयाँ म्यानेजरको खोजि सुरु भएको छ । 

आर्सनलको नयाँ म्यानेजरमा अहिले बार्सिलोनाका पुर्वम्यानेजर लुइस इनरिकको नाम सबैभन्दा अगाडी रहेको छ ।

इनरिक र आर्सनलका शिर्ष अधिकारीहरु बीच कुराकानी भइसकेको र वेंगरको ठाउमा इनरिक आउने डेलीमेलले लेखेको छ ।

गतबर्ष बार्सिलोनाको म्यानेजरबाट राजीनामा दिएपछि उनि अहिले कुनै क्लबमा आवद्ध रहेका छैनन् । ४७ बर्षिय इनरिकलाई आर्सनल ल्याउने पहल आर्सनलका नयाँ फुटबल निर्देशक राउल सन्लेहीले गरेका हुन् जसको इनरिकसँग पुरानो र राम्रो सम्बन्ध रहेको बताइएको छ ।

पप ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई बदलेपछि आर्सनलले इनरिकलाई ल्याएर प्रिमियर लिगमा  स्पेनिस फुटबलको फ्लेबर दिन खोजेको देखिन्छ । खास गरि बार्सिलोनाको खेल्ने तरिका अहिले सिटीले फलो गरेपछि सफलता हासिल गरेपछि आर्सनल पनि सोहि बाटोमा जान खोजेको देखिएको छ ।

आर्सनलमा वेंगर भने प्याट्रिक भिएरालाई ल्याउन चाहन्छन जो हाल न्युयोर्क सिटीको म्यानेजर छन् ।

तर तिन बर्षको अवधिमा इनरिकले बार्सिलोनामा पाएको सफलताले उनि आर्सनलको पहिलो रोजाईमा रहेका छन् । बार्सिलोनामा इनरिकको तीन बर्षको अवधिमा ९ उपाधि जितेको थियो । जसमा दुई ला लिगा, तीन कोपा, एक च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, युइएफए सुपर कप, सुपरकोपाको उपाधि थिए ।

रियल म्याड्रिड र बार्सिलोनाका पुर्व खेलाडी समेत रहेका इनरिकले  बार्सिलोनाका लागि १८१ खेलमा म्यानेजर बन्दै १३८ खेलमा जित, २२ खेलमा बराबरी र २१ खेलमा मात्र हार बेहोरेका थिए । यसअघि उनि बार्सिलोनाको बि टिमको म्यानेजर हुदै रोमा र सेल्टाको पनि म्यानेजर बनेका थिए ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै