• २०८१ बैशाख ७ शुक्रबार

बलिवुडमा एकपछि अर्को ६ फिल्म लिएर आउदै शाहरुख, बक्स अफिसमा नयाँ रेकर्ड बनाउने तयारी 

kharibot

मुम्बई । बलिवुडका किङ खान शाहरुख खान एक पटक फेरी बक्स अफिसमा राज गर्ने योजनाका साथ ६ फिल्ममा काम गरिरहेका छन् । 

पछिल्लो समय सलमान खान र आमिर खानको तुलनामा शाहरुख खानका फिल्मले बक्सअफिसमा व्यापार गर्न सकेका छैनन् । 

सलमान र आमिर खान ३ सय करोड हुदै अब चीनको बक्स अफिसमा समेत आफ्नो सिक्का जमाउन थालेका छन् भने यस हिसाबमा किङ खान अलि पछाडी परेका छन् ।  

२०१७ मा आएको उनको फिल्म ह्यारी मेट सेजलले खासै व्यापार गर्न सकेन । त्यो भन्दा अगाडी आएको फिल्म रइसले ठिक ठाक व्यापार गरेपनि सलमान र आमिरलाई चुनौती दिने व्यापार भने गर्न सकेन । २०१६ मा शाहरुखका दुई फिल्म डियर जिन्दगी र फ्यान आए । डियर जिन्दगीले ठिकै व्यापार गरेपनि फ्यान भने बक्स अफिसमा फ्लप रह्यो ।

यसरी शाहरुखका पछिल्ला फिल्मले बक्स अफिसमा संघर्ष गरिरहेका बेला यस पटक भने शाहरुख खानले बक्सअफिसमा नयाँ रेकर्ड बनाउने योजनाका साथ आउदै छन् । यस बर्षो उनको फिल्म जिरो रिलिज हुने छ । डिसेम्बर २१ मा रिलिज हेन यस फिल्ममा शाहरुखसँग अनुष्का शर्मा र कट्रिना कैफले अभिनय गरेका छन् । होचा व्यक्तिको अभिनय गरेका शाहरुखको यो फिल्म बक्स अफिसमा सुपरहिट हुने अनुमान अहिले नै गर्न थालिएको छ ।

जिरो पछि शाहरुखको दोस्रो फिल्म दक्षिण भारतको सुपर हिट फिल्म बिक्रम वेधाको रिमेक आउदै छ । यस फिल्मलाई शाहरुखले गर्न राजी भइसकेका छन् भने फिल्मलाई नीरज पाण्डेले निर्देशन गर्न सक्ने बताइएको छ ।

त्यसपछि शाहरुखले फिल्म डनको तेस्रो सिरिज लिएर आउने छन् । २०११ मा रिलिज भएको डन फिल्म बक्स अफिसमा निकै हिट भएको थियो । यस फिल्मको आधिकारिक घोषणा हुन् बाँकी भएपनि फरहान अख्तरले फिल्मको स्क्रिप्टमा काम उरु भएको जानकारी दिएका छन् ।

शाहरुख खानको चौथो फिल्म कमल हसनको चर्चित फिल्म हे राम बन्ने भएको छ । शाहरुखले सो फिल्मको रिमेक अधिकार किनिसकेको भारतीय मिडियामा रिपोर्ट आएको छ ।

शाहरुखले पाचौ फिल्म संजय लिला भन्सालीसँग गर्ने भएका छन् । नाम सार्वजनिक नगरिएको सो फिल्मको काम सुरु भएको बताइएको छ । यस अघि संजयलिला भन्सालीसँग शाहरुखले देवदास जस्तो सुपर हिट फिल्ममा काम गरेका थिए । भन्साली अलग किसिमका फिल्म बनाउन चिनिएका निर्देशक भएकाले शाहरुखसँगको उनको सहकार्य सुपरहिट हुने देखिन्छ ।

त्यस्तै शाहरुख खानेले छैठौ फिल्म चर्चित निर्देशक राजकुमार हिरानीसँग गर्ने भएका छन् । हिरानीले हाल संजय दत्तको जीवनीमा आधारित फिल्म बनाएर लगभग सकेका छन् भने यसपछि उनि शाहरुखसँग फिल्म बनाउने भएका छन् । हिरानीले बनाएको चर्चित फिल्म मुन्ना भाई एमबिबिएस बनाउनु अघि शाहरुखसँग कुरा गरेका थिए तर विवध कारणले शाहरुखले सो फिल्म गर्न सकेनन् । तर अहिले आएर हिरानीले शाहरुख खानलाई आफ्नो नयाँ फिल्मका लागि साइन गराई सकेका छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै