• २०८१ बैशाख ७ शुक्रबार

हजारौँ संसार भेट्न पृथ्वीबाट उड्यो ‘प्लानेट–हन्टर’ !

kharibot

नासाको टेस नामक प्लानेट हन्टर गत १८ तारिखमा स्पेस एक्सको फाल्कोन ९ रकेटबाट प्रक्षेपण गरिएको हो । यसले नयाँ संसारहरु पत्ता लगाउने विश्वास गरिएको छ । तस्बिर : नासा

असंख्य संसारको खोजी गर्न पृथ्वीबाट अमेरिकी अन्तरिक्ष संस्था (नासा)को टेस नामक स्याटेलाइट अमेरिकाको फ्लोरिडा राज्यबाट अन्तरिक्षतर्फ उडेको छ । यसलाई हाम्रो पृथ्वीजस्तै अन्य संसारको खोजीको नयाँ युगको प्रारम्भ भएको मानिएको छ । 

अमेरिकी अन्तरिक्ष संस्थाको टेस नामक स्याटेलाइट बुधबार फ्लोरिडाको केप क्यानावरेलबाट प्रक्षेपण गरिएको हो । यसले हाम्रो सौर्य प्रणालीबाट बाहिर रहेका नयाँ नयाँ हजारौँ संसारको खोजी गर्ने लक्ष्य राखेको छ ।

यो मिसनले विभिन्न ताराहरुको पुञ्जको सर्भे (निरीक्षण) गर्नेछ । यसबाट ताराहरुले एकअर्कामा गर्ने परिक्रमाबारे र तिनीहरुको चहकबारे ज्ञान हुने अपेक्षा गरिएको छ । 
टेसको मुख्य उद्देश्य यसले ती ग्रहहरु पत्ता लगाउने र अन्य टेलिस्कोपहरुले त्यसपछि ती ग्रहहरुबारे विस्तृत रुपमा अध्ययन विश्लेषण समेत गर्न पाउने भन्ने रहेको छ । 

यो प्रोजेक्टको नेतृत्वकर्ता म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलजी जुन यो मिसनको सैद्धान्तिक अन्वेषणकर्ता समेत हो, त्यसका जर्ज रिकरले भने, ‘टेसमा चार वटा एकदमै संवेदनशील क्यामराहरु जडान गरिएका छन्, यिनले आकाशीय अवस्थाबारे समेत निगरानी गर्नेछन् ।’

उनका अनुसार ट्रान्जिट प्रक्रियाबाट खोजीको लक्ष्य मानिएका ग्रहहरु टेसले पत्ता लगाउनेछ भने यो ती ग्रहहरुको नजिक पुगेको खण्डमा ती ग्रहहरुले आफ्नो ताराको परिक्रमा गर्दा पर्ने छायालगायत विभिन्न कुराहरुको पृथ्वीमा अध्ययन गरिनेछ ।

नासाको पछिल्लो स्पेस टेलिस्कोप स्पेस एक्सको फाल्कोन ९ रकेटबाट स्थानीय समयअनुसार बेलुकी ६ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएको थियो ।  यसको पूरा नाम दि ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटेलाइट (टेस) हो । गत सोमबार नै यसको प्रक्षेपणको तयारी गरिए पनि रकेट लन्चरको पुनर्जाँच गर्नुपर्ने भन्दै केही समय ढिला गरी टेसलाई अन्तरिक्ष पठाइएको हो । 

टेसबाट पत्ता लाग्ने ग्रहहरुबारे पृथ्वीबाट पुनः गहन अध्ययन हुनेछ । टेसले क्याटलग तयार गरेपछि कुन ग्रहबारे अध्ययन गर्ने हो त्यो पनि सहज हुनेछ । यो मिसन एकदमै सामयिक छ ।

बुधबार ४९ मिनेटको उडानद्वारा पृथ्वीको कक्षमा पुर्याइएको थियो । चन्द्रमाको गुरुत्वद्वारा नियन्त्रित भएर अर्बिटमा घुम्ने गरी यसको डिजाइन गरिएको छ । यसले निकै न्यून इन्धन प्रयोग गर्नेछ भने कम्तीमा दुई दशकसम्म वा त्योभन्दा पनि बढी समयसम्म यसले अन्तरिक्षमा रहेर काम गर्नेछ । 

टेसले पनि केप्लरकै अनुशरण गर्नेछ । केप्लर सन् २००९ मा प्रक्षेपण गरिएको अन्तरिक्ष टेलिस्कोप हो ।  यसले पनि २००० भन्दा धेरै सौर्यप्रणालीभन्दा बाहिरका ग्रह पत्ता लगाउन ट्रान्जिट टेक्निक प्रयोग गरेको थियो । तर केप्लरले निकै सानो आकाशीय अंशको मात्रै खोजी गरेको थियो भने यसले पाएका ग्रहहरु निकै टाढा रहेकाले अध्ययन विश्लेषणमा समस्या भएको थियो ।

तर टेस अलिक भिन्न छ । यसको दायरा निकै फराकिलो रहेको छ । २७ दिन अवधिको ठूलो स्क्यान गर्नसक्ने क्षमताको टेसको क्यामराले ८५ प्रतिशत जति संसार दुई वर्षमै लिनसक्नेछ । यो दुई वर्षको समयमा कम्तीमा पनि दुईदेखि तीन हजार ग्रह जसको साइज जुपिटर (बृहस्पति)को जत्रो रहेको छ भने धेरैजसो वरुण ग्रहभन्दा साना रहेको मानिएको छ । 

यी सबै पत्ता लाग्ने ग्रहहरुबारे पृथ्वीबाट पुनः गहन अध्ययन हुनेछ । टेसले क्याटलग तयार गरेपछि कुन ग्रहबारे अध्ययन गर्ने हो त्यो पनि सहज हुनेछ । यो मिसन एकदमै सामयिक छ । आगामी केही वर्षमा नवीनतम सुपर टेलिस्कोपहरु आउनेछ भने त्यसले अनलाइनबाटै ब्रह्माण्डनजिकका वायुमण्डलहरुबारे समेत खोजी गर्नेछ । 

वैज्ञानिकहरु अहिले विभिन्न खाले ग्यासहरुको खोजी गरिरहेका छन् । उनीहरु अक्सिजन, मिथेन र पानीको सम्भावनायुक्त संकेतको खोजीमा रहेका छन् । जसले जीवनलाई सम्भव तुल्याउँछ ।

सायद सन् २०२० मा प्रक्षेपणका लागि तयार गरिरहिएको जेम्स वेब स्पेस अब्जर्भेटरीले यसलाई ठूलो मद्दत पनि गर्नसक्नेछ । यसको ६.५ मिटर फराकिलो ऐना रहनेछ । तर यसबाहेक अन्य पनि विकल्प हुन सक्नेछन् । एक्सोप्लानेट साइन्समा युरोप निकै बलियो रहँदै आएको छ । 

जमिनमा आधारित युरोपियन एक्स्ट्रिमली लार्ज टेलिस्कोप जसको ३९ मिटर फराकिलो प्रारम्भिक ऐन रहेको छ जसले टेसले पत्ता लगाउने ग्रहहरुलाई लक्ष्य बनाएको छ । यसले २०२० को सुरुतिर कार्य सुरु गर्नेछ ।  

त्यसपछि भने युरोपियन स्पेस एजेन्सी टेलिस्कोप एरियल लन्च गरिनेछ । यसले एक्सोप्लानेटको वायुमण्डलको अध्ययन गर्नेछ ।

  • भावानुदित । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै