• २०८१ बैशाख १३ बिहीबार

प्लेअफमा नामिबियाले क्यानडालाई हरायो, दोस्रो स्थानमा उक्लियो

kharibot

काठमाडौँ । आइसीसी विश्वकप क्वालिफायर प्लेअफ अन्तर्गत नामिबियाले क्यानडालाई १११ रनले पराजित गरेको छ ।

मंगलबार सम्पन्न खेलमा नामिबियाले दिएको २६८ रनको लक्ष्य पछाएको क्यानडाले ४२.२ ओभरमा अल आउट हुदै १५६ रन बनाए पछि खेल १११ रनले हारेको हो । 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नामिवियाले ५० ओभरमा ९ विकेट गुमाउदै २६७ रन बनाएको थियो । 

योसँगै नामिबियाले प्लेअफका आफ्ना पाँचै खेल खेलेको छ ।  नामिबियाको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । 

त्यस्तै क्यानाडाको भने ४ खेलमा ४ अंक रहेको छ र अंकतालिकामा हाल चौथो स्थानमा रहेको छ ।  क्यानडाले आफ्नो अन्तिम खेल पीएनजीसँग बुधबार खेल्दै छ ।

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै