• २०८१ बैशाख ६ बिहीबार

इनेस्टाले बार्सिलोना छोड्दै, ला लिगाले गर्यो खुलासा 

kharibot

काठमाडौं । बार्सिलोनाका लिजेण्ड प्ले मेकर आन्द्रे इनेस्टाले क्लब छोड्ने रिपोर्ट आएको छ । 

गएराती भएको कोपा डेल रेको उपाधि जिते पछि इनेस्टाले क्लब छोड्ने रिपोर्ट आएको हो । उनले यस सिजनको अन्त्यसँगै बार्सिलोना छोड्ने तयारी गरेको स्पेनिस मिडियाले चर्चा गरेका छन् ।

खेलपछि ला लिगाले इनेस्टाको एक तस्बीरमा विभिन्न भाषामा इनेस्टालाई ‘द फाइनल थ्याँक्यु’ लेखेको तस्बीर सार्वजनिक गरेपछि इनेस्टाले बार्सिलोना छोड्ने अनुमान सबैले गरेका छन् । ला लिगाले इनेस्टाको स्पेनमा अन्तिम फाइनल खेलेर जितेको भन्दै धन्यवाद दिएको बताइएको छ । 

३३ बर्षिय इनेस्टाले चिनियाँ क्लबबाट अफर पाएको र यसै साता यस बारे निर्णय लिने बताइएको छ ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारियाले पनि इनेस्टाले क्लब छोड्ने अफर पाएको स्वीकार गर्दै यसबारे निर्णय इनेस्टाले नै गर्ने बताए । उनले इनेस्टाको बार्सिलोनामा लाइफटाइम सम्झौता रहेको भन्दै यसबारेमा उनले आफैले निर्णय गर्ने बताए ।

इनेस्टाले भने कोपाको उपाधि पछि यस बारेमा प्रतिक्रिया दिदै आफुले यस साता निर्णय लिने भन्दै अझै बार्सिलोनाका लागि ला लिगा जित्न बाँकी रहेको बताएका छन् ।

बार्सिलोनाको बि टिमबाट २००२ देखि सिनियर टिममा खेल्न सुरु गरेका इनेस्टाले बार्सिलोनाका लागि कुल ६७० खेल खेल्दै ५७ गोल गरेका छन् ।

बार्सिलोनाका लागि १६ सिजन खेल्दै इनेस्टाले ३१ उपाधि जितेका छन् । जसमा ८ ला लिगा, ६ कोपा डेल रे र ४ च्याम्पियन्स लिग उपाधि सामेल छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै