नेविसंघमा विवाद, २४ घन्टे अल्टिमेटम दिदै ५ उपाध्यक्षको देउवालाई ध्यानआकर्षण  

खरीबोट
ad

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका ५ उपाध्यक्षले संघको नेतृत्वको विरोध गर्दै पार्टी सभापति देउवालाई २४ घन्टे अल्टिमेटमसहितको ध्यानआकर्षण पत्र बुझाएका छन् ।

नेविसंघका ५ उपाध्यक्ष प्रकाश राना, खड्क बहादुर डाँगी, उर्मिला थपलिया, नवीन राई र सागर परियारले हस्ताक्षर गरेको ध्यानआकर्षण पत्रमा तीन बुँदे माग राखेर २४ घण्टाको अल्टिमेटम दिइएको छ ।

सो पत्रमा नेविसंघको १२औ महाधिवेशनको वातावारण बनाउन मिति र स्थान तोक्न, नेविसंघका अध्यक्षले विधान र सहमति विपरित गरेका सम्पूर्ण निर्णयहरु खारेज गरी सहमतिका अधर्म सबै जिल्ला, विश्वविधालय र क्याम्पसहरुमा प्रतिनिधि खटाई विधिवत अधिवेशन गर्न र गत कार्तिक २८ गते प्रेस विज्ञप्ति मार्फत र पुष ९ गते सभापति शेरबहादुर देउवालाई बुझाएका मागहरु तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

साथै उनीहरुले नेविसंघलाई तानाशाही तरिकाले चलाएको आरोप लगाउदै तीन महिना भित्र गर्ने भनिएका ११ जिल्लाको अधिवेशन अहिलेसम्म हुन नसकेको भन्दै अध्यक्ष नयनसिंह महरको आलोचना गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको ध्यानआकर्षण पत्रमा २४ घण्टाभित्र यी मागहरु सम्बोधन नभए कडा आन्दोलनमा जाने र त्यसबाट उत्पन्न हुने प्रतिकुल अवास्थाको जिम्मेवारी स्वयम् सभापति देउवाले लिनुपर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

दिवंगत नेता बाँस्तोलाको शोकमा कांग्रेसले सबै जिल्ला कार्यालय एक दिन बन्द गर्ने 

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दिवंगत नेता चक्र बाँस्तोलाको निधनमा शोकस्वरुप सबै जिल्ला कार्यालय भोलि एक दिनका लागि बन्द गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको

बिपीको विचारले मात्र काँग्रेसलाई एक बनाउँछः महामन्त्री डा.कोइराला

नवलपरासी। नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने दाबी गरेका छ्न् ।  विजयादशमी, दिपावली र छड पर्व २०७५ को अवसरमा आज पूर्वी नवलपरासीको

पौडेल र सिटौलाको विरोधपछि काँग्रेस केन्द्रीय समिति बैठक अनिश्चित 

काठमाडौं।  नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएसँगै फेरि  भन्ने बारे अनिश्चित बनेको छ। बिहीबारका लागि बोलाइएको बैठक बुधबार विज्ञप्ति सार्वजनिक गर्दै अनिश्चितकालका लागि स्थगित भएको हो।  यसअघि गत शुक्रबार बस्ने

नेविसंघमा उमेरहद घटाईयो, सभापतिको चर्चामा रहेका नेताहरू स्वत: बाहिरिए

काठमाडौं।  नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ)को विधान पारित गरेको छ। पारित विधानमा नेविसंघ अध्यक्ष बन्न यसअघिको व्यवस्थामा ३६ वर्ष उमेर हद राखिएकोमा त्यसलाई घटाएर ३२ वर्ष


z