• २०८१ बैशाख ७ शुक्रबार

इटालीको समुन्द्रमा भेटियो ४४० मिलियन डलरको २ हजार किलो कोकिन

kharibot

काठमाडौँ । इटालीको सिसिली समुन्द्री तटमा २ हजार किलो कोकिन तैरिरहेको अवस्थामा फेला परेको छ ।

मिडिया रिपोर्टका अनुसार यसलाई ७० वटा वाटरप्रूफ प्याकेटमा बन्द गरी भूमध्यसागरमा फ्याँकिएको थियो । जो पौडी खेल्दै इटाली पुगेका थिए ।

यो कोकिनको मूल्य ४४० मिलियन डलर रहेको छ । इटालियन प्रहरीका अनुसार भन्सार विभागले बरामद गरेको यो अहिलेसम्मकै ठूलो लागुऔषध हो ।

इटालीको सामुद्रिक निगरानी विमानले सिसिलियन तटमा तैरिरहेको २ हजार किलो कोकिनको भण्डार फेला पारेको थियो । भन्सार विभागले ७० वटा प्याकेट बरामद गरेको छ । जमिनमा राखेर प्याकेट खोल्दा त्यसमा कोकिन निस्किएको थियो ।

भन्सार अधिकारीका अनुसार कोकिनको प्याकेट माछा मार्ने जालमा बेरेर फालिएको थियो । यसलाई पछि पुन: प्राप्त गर्न सकोस् भन्नाका लागि यसमा एक चमकदार ट्र्याकिङ उपकरण पनि जडान गरिएको थियो। अधिकारीहरुका अनुसार यसलाई लुकाउन कार्गो जहाजबाट फ्याँकिएको थियो । तस्करहरूले पछि फेला पारेर तोकिएको ठाउँमा आपूर्ति गर्ने आशा गरेका थिए ।

यसरी समुन्द्रबाट कोकिन बरामद हुनु कुनै नौलो कुरा होइन । यसअघि फेब्रुअरीमा न्युजिल्याण्डले प्रशान्त महासागरबाट ३५०० केजी कोकिन बरामद गरेको थियो । यसलाई कालो र गुलाबी रंगका ८१ प्याकेटमा बन्द गरी प्रशान्त महासागरमा फ्याँकिएको थियो । अधिकारीहरूले तस्करहरूले यसलाई अष्ट्रेलियामा आपूर्ति गर्न चाहेको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै