• २०८१ बैशाख ७ शुक्रबार

दुवै च्याम्पियनलाई हराएका रोमा र लिभरपुल च्याम्पियन्स लिगमा आज भिड्दै  

kharibot

काठमाण्डौँ । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिग अन्तर्गत आज राति इटालीको क्लब एएस रोमा र प्रिमियर लिग क्लब लिभरपुल आमने सामने हुदै छन् ।

आज राति साढे १२ बजे लिभरपुलको घरेलु मैदानमा हुने खेलमा रोमाका पुर्वखेलाडी समेत रहेका लिभरपुलका मोहमद सलाहको खेललाई विशेष रुपमा हेरिएको छ । यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडीको उपाधि जितेका सलाहको घरेलु मैदानमा कस्तो प्रदर्शन हुन्छ भन्ने चासो धेरैको रहेको छ ।

लिभरपुलले क्वाटरफाइनलमा प्रिमियर लिग च्याम्पियन क्लब म्यानचेस्टर सिटीलाई समग्रमा ५-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । त्यस्तै इटालियन क्लब रोमाले भने स्पेनिस जाइन्ट बार्सिलोनालाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

एकातिर लिभरपुलले यस सिजनको प्रिमियर लिगको च्याम्पियन सिटीलाई पराजित गरेर आएको छ भने अर्को तिर रोमाले यस सिजनमा ला लिगामा च्याम्पियन बन्ने तयारीमा रहेको बार्सिलोनालाई पराजित गरेर सेमिफाइनलमा आएको छ । त्यसैले पनि यो खेल अत्यन्त प्रतिष्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।

यी दुई टिमको अहिलेसम्मको खेल हेर्दा दुवै टिमले खेलका ५ खेलमा लिभरपुलले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै रोमाले एक खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन् । विगतको खेल हेर्दा र घरेलु मैदानको फाइदा लिभरपुललाई हुने देखिए पनि बार्सिलोनालाई हराएर आएको रोमालाई कम्जोर भने भन्न सकिन्न ।

लिभरपुलका खेलाडी एडम ललाना, जोएल मटिप र एम्रे कान खेलका लागि उपलब्ध हुने छैनन् । लिभरपुलबाट सलाह र फिर्मिनो प्रमुख खेलाडी हुने छन् ।

त्यस्तै रोमाका कुनै खेलाडी इन्जुरी या संस्पेन्सनको सामना गरेका छैनन् । रोमाबाट सिटीका पुर्व खेलाडी डिजेको र कोलारोभ, तथा डे रोजी प्रमुख खेलाडी हुने छन् ।

च्याम्पियन्स लिगमा लिभरपुल २००७ पछि पहिलो पल्ट फाइनलमा पुग्ने प्रयासमा रहेको छ । यसअघि १९७७, १९७८, १९८१, १९८४ र २००५ मा च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुलले १९८५ र २००७ मा फाइनलमा पराजित भएको थियो । 

त्यस्तै रोमाले भने अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जितेको छैन । रोमा सन १९८४ मा लिभरपुलसँगै फाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।    

लिभरपुलका म्यानेजर जर्गन क्लोपले सिटीसँगको खेलभन्दा स्टेडियममा राम्रो वातावरण हुने भन्दै आफुहरुले राम्रो खेल्ने बताए । त्यस्तै रोमाका म्यानेजर एयुसेबिओ डी फ्रान्सिस्कोले सलाहलाई रोमाका सबै खेलाडीले राम्रोसँग चिनेको भन्दै उनलाई रोक्ने उपाय आफुहरुले खोजिसकेको बताएका छन् ।

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले सिटीले भन्दा फरक एप्रोचले रोमा खेल्ने हुदा हामीले रोमाविरुध्द पनि राम्रो खेल्ने बताए । रोमाका कप्तान अलेक्सेन्डर कार्लोभले प्रतिष्पर्धा कडा हुने भएपनि हामीले उत्कृष्ट खेल्दै जित निकाल्ने बताएका छन् ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै