• २०८१ बैशाख ८ शनिबार

विश्वकै शक्तिशाली रकेट स्टारशिप प्रक्षेपणपछि बिस्फोट

kharibot

काठमाडौँ । विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पहिलो प्रक्षेपण असफल भएको छ ।

रकेट प्रक्षेपणको केहि समयमानै आकाशमा विस्फोट भएको स्पेस एक्सले जानकारी दिएको छ । विहिबार साँझ टेक्सासको बोका चिकाबाट प्रक्षेपण गरिएको स्टारशिप रकेट पहिलो स्टेजबाट अलग हुनुअघि अस्वाभाविक रुपमा विस्फोट भएको स्पेस एक्सले जनाएको छ ।

स्पेस एक्सले अहिले विज्ञहरुले डाटाहरुको अध्ययन गरिरहेको र आजको परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने बताएको छ ।

एलन मस्कको कम्पनि स्पेस एक्सले मानिसलाई अन्तरग्रहीय बनाउने अभियान अन्तर्गत यो मिशन शुरु गरेको हो । यसको उद्धेश्य पहिलो पटक मानिसले पृथ्वीबाहेक अन्य ग्रहमा पाइला टेक्न सफल बनाउनु रहेको छ । मस्क सन् २०२९ सम्ममा मानिसलाई मंगल ग्रहमा लैजान र त्यहाँ उपनिवेश स्थापना गर्न चाहन्छन् । अन्तरिक्ष यानले एक घण्टाभन्दा कम समयमै मानिसलाई संसारको जुनसुकै कुनासम्म पुर्‍याउन पनि सक्षम हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै