लक्ष्मी बैंकको तेस्रो त्रैमासिक नाफा ८० करोड २६ लाख

खरीबोट
ad

काठमाडौं । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८० करोड २६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ६४ करोड १३ लाख १५ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी आठ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६३ अर्ब २६ करोड ८३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ६९ करोड २९ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

घरजग्गा क्षेत्रमा एक अर्ब ८० करोड ५१ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा एक अर्ब ५४ करोड ९५ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम २३ करोड ४८ लाख ७२ हजार रुपैयाँ रहेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दसमलव १६ प्रतिसत रहेको छ । 

गत आवको सोही अवधिमा भने बैंकले ५८ अर्ब २३ करोड पाँच लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब चार करोड ७० लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 
 

सम्बन्धित समाचार

लक्ष्मी बैंकद्वारा पशुपतिनाथ परिसरलाई दुईवटा सफा टेम्पो 

काठमाडौं । लक्ष्मी बैंकले आज काठमाडौंको पशुपतिनाथ परिसरमा प्रयोगका लागि २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो ।

लक्ष्मी बैंक र नेशनल बैकिङबीच सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र लक्ष्मी बैंकबिच सम्झौता भएको छ । सम्झौता अनुसार एन.बी.आईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि न्युुनतम ५० लाख रुपैयाँ बराबरको बिभिन्न तालिमहरु उपलब्ध गराउने छ

लक्ष्मी बैंकको १०२औँ एटीएम पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेकमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो एटीएम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वार्टर विजयपुर ब्यारेकमा आजदेखि  एटीएम सेवा संचालनमा ल्याएकोे छ ।  यस  एटीएमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई,

लक्ष्मी बैंकको दुई नयाँ शाखा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउपालिकामा नयाँशाखाहरु संचालनमा ल्याएकोे छ ।  थप शाखाहरुको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८४, ४२ जिल्ला,


z