• २०८१ बैशाख ४ मंगलबार

संजय दत्तको जीवनीमा आधारित फिल्म ‘संजु’ को टिजर सार्वजनिक

kharibot

मुम्बई । बलिवुड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजुको पहिलो टिजर सार्वजनिक गरिएको छ ।

आज सार्वजनिक गरिएको सो टिजरमा संजय दत्तको जीवनमा घटेका प्रमुख घटनालाई समेट्ने प्रयास गरिएको छ । जेल जीवन, प्रेम र सफलतालाई समेट्दै टिजर तयार गरिएको छ । संजय दत्तको भूमिकामा रणवीर कपुरले उत्कृष्ट अभिनय गरेको टिजरबाट नै अनुमान लगाउन सकिन्छ ।

फिल्ममा संजय दत्तको जीवन, संघर्ष, जेल जीवन, विवाद, प्रेम आदिलाई समेटिएको बताइएको छ ।

रणवीर कपुरका अलवा फिल्ममा अनुष्का शर्मा, सोनम कपुर, मनिषा कोइराला, परवेश रावल, विक्की कौशल, दिया मिर्जा लगायतका कलाकारले अभिनय गरेका छन् ।

विदुबिनोद चोपडाले बनाएको यस फिल्मलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । यस फिल्मलाई आगामी जुन २९ मा रिलिज गर्ने बताइएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै