मेसी बने यसबर्ष धेरै कमाउने फुटबलर, रोनाल्डोले भन्दा २८ मिलियन बढी कमाए 

खरीबोट
ad

काठमाडौँ । लियोनेल मेसीले यस सिजनमा क्रिस्टियानो रोनाल्डोले भन्दा २८ मिलियन पाउण्ड बढी कमाई गरेको रिपोर्ट सार्वजनिक भएको छ । 

फ्रान्स फुटबलले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार मेसीले सय मिलियन पाउण्डको ब्यारियरलाई तोड्दै २०१७-१८ सिजनमा ११० मिलियन पाउण्ड कमाई गर्ने भएका छन् । 

योसँगै मेसी यसबर्ष सबै भन्दा बढी कमाई गर्ने फुटबलर बनेका छन् । मेसीको यो कमाईमा उनको बार्सिलोनाबाट आउने पारिश्रमिक, स्पोन्सर सम्झौता र बोनस इत्यादी रहेको उल्लेख गरिएको छ ।

फुटबलमा सधै एक अर्काका प्रतिद्वन्दी रहेका रोनाल्डोलाई यस पटक मेसीले जितेका छन् । मेसीले बार्सिलोनामा गरेको नयाँ सम्झौता अनुसार पनि मेसीको कमाई बढेको हो ।

मेसीले २०२१ सम्मका लागि बार्सिलोनामा ६२६ मिलियन पाउण्डको रिलिज क्लजसहित सम्झौता गरेका छन् । साथै मेसीले बार्सिलोनामा ८० मिलियन साइनिंग बोनस पनि लिएका थिए ।

यस सुचिमा रोनाल्डो ८२ मिलियन पाउण्ड कमाई गर्दै दोस्रो स्थानमा रहेका छन् ।  धेरै कमाई गर्ने फुटबलरको तेस्रो स्थानमा पिएसजीबाट खेल्ने ब्राजिलियन नेइमार रहेका छन् । उनको कमाई ७१ मिलियन पाउण्ड रहेको छ ।

त्यस्तै सुचीको चौथो स्थानमा रियल म्याड्रिडकै ग्यारेथ बेल रहेका छन् । उनले ३९ मिलियन पाउण्ड कमाई गरेका छन् । त्यस्तै पाचौ स्थानमा बार्सिलोनाका जेरार्ड पिके रहेकाछन् उनले २५ मिलियन पाउण्ड कमाई गरेका छन् ।

यस सूचिको टप फाइभमा प्रिमियर लिग क्लबका कुनै खेलाडी परेका छैनन् । 

त्यसैगरि धेरै कमाई गर्ने म्यानेजरमा भने म्यानचेस्टर युनाइटेडका जोसे मोरिन्होले बाजी मारेका छन् । मोरिन्होले यस सिजनमा २३ मिलियन पाउण्ड कमाई गरेका छन् । त्यस्तै चीनियाँ राष्ट्रिय फुटबल टिमका म्यानेजर मार्सेलो लिप्पीले २० मिलियन पाउण्ड कमाई गर्दै दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै एथलेटिको म्याड्रिडका म्यानेजर डिएगो साइमेअनले १९ मिलियन कमाई गर्दै तेस्रो स्थानमा छन् भने रियल म्याड्रिडका जिनेदिन जिदानले १८ मिलियन र म्यान्चेस्टर सिटीका पप गार्डियालाले १७.५ मिलियन पाउण्ड कमाई गर्दै सूचिको चौथो र पाचौ स्थानमा रहेका छन् ।    
 

सम्बन्धित समाचार

मेसी तीन साता मैदान बाहिर 

बार्सिलोना। अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेसी दाहिने हात भाँच्चिएका कारण तीन हप्ता फूटबल नखेल्ने भएका छन् ।  बार्सिलोनाका कप्तान समेत रहेका मेसी क्याम्प नाउमा सेभियाबिरुद्धको खेलमा

युभेन्ट्स बराबरीमा रोकियो, रोनाल्डोले बनाए नयाँ किर्तिमान 

काठमाडौं। इटालीयन सिरी ए मा युभेन्टस बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा युभेन्टस गेनोयसँग १-१ गोलको बराबरीमा रोकिएको हो। युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए भने गेनोयका लागि डेनियल

सेभिलाविरुद्ध बार्सिलोनाको शानदार जित, घाइते मेसीले एल क्लासिको गुमाउने  

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिलालाई पराजित गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले सेभिलालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।  बार्सिलोनासँगको यो हार सँगै सेभिलाको लगातार ४ खेलमा जितको सिलसिलाको अन्त्य

मेसी बिनाको अर्जेन्टिना ब्राजिलसँग हार्यो 

काठमाडौँ। ब्राजिलले आफ्नो परम्परागत प्रतिद्वन्दी अर्जेन्टिनालाई पराजित गरेको छ। हाल युएइमा रहेका दुवै टिमबीचको भएको मैत्रीपूर्ण फुटबलमा ब्राजिलले १-० गोल अन्तरले पराजित गरेको छ।  ब्राजिलले खेलको अन्तिम मिनेटमा जोआओ मिरांडाको गोलमा


z