ललिताले बिहेको २५ वर्ष बित्दा पनि पाइनन् नागरिकता

खरीबोट
ad

गौशाला ।  महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् । 

पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया ललिताका चार सन्तान पनि रहेका छन् तर उनले अहिलेसम्म नागरिकता पाउन सकेकी छैनन् । 

धनुषा जिल्लाको खरिहानी माइती रहेकी ललिताले २०५० सालमा शत्रुघन पासवानसँग विवाह भएको र सोही बेलादेखि नागरिकता बनाइदिन पतिलाई पटकपटकभन्दा पनि आज, भोलि भन्दाभन्दै २५ वर्ष बितिसकेको ललिताले बताइन् । किन नागरिकता नबनाइदिएको भन्ने कारण खुल्न सकेको छैन । 

गरीब र दलित परिवारकी ललिताले नागरिकताको अभावमा आफूले गाउँमा दलितका लागि आउने विभिन्न कार्यक्रममा सहभागी हुन नपाएको, छोराछोरीले स्कूल पढ्न नपाएको तथा अन्य विभिन्न सुविधाबाट समेत वञ्चित भएको गुनासो सुनाइन् । 

ललिताको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता किन नबनाइदिएको भनी उनका पति शत्रुघनसँग सोध्दा उनले पुनः आउँदो १५ दिनभित्र बनाइदिने बताए । 

सम्बन्धित समाचार

महोत्तरीमा ढिस्कोमा पुरिएर चार बालिका घाइते, एकको अवस्था गम्भीर

महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिकामा आज ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया

बर्दिबासको नापी कार्यालय स्थापनाकालदेखि नै कामविहीन

महोत्तरी । अधिकृतको नेतृत्वमा १५ कर्मचारीको दरबन्दी रहेको महोत्तरी जिल्लाको बर्दिवासस्थित नापी कार्यालय स्थापनाकालदेखि नै कामविहीन छ । जिल्लाको उत्तरी क्षेत्रका तत्कालीन नौ गाविस (हाल बर्दिवास नगरपालिकाको सबै क्षेत्र र भङ्गाहा

महोत्तरीमा फैलिएको पखालाको कारण इकोलाई र कोलिफर्म

महोत्तरी । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने

महोत्तरीको नैन्ही गाउँमा झाडापखालाको प्रकोप

गौशाला  / महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालाको प्रकोप फैलिँदै गएको छ । अहिलेसम्म नैन्ही गाउँको मुसलमान टोलमा २३८ जनामा झाडापखाला देखापरेको छ । दैनिक रूपमा बिरामीको सङ्ख्या बढ्दै गएको


z